+
+
Shares

भ्रष्टाचार नियन्त्रण नगरेसम्म समृद्धि आउँदैन : नारायणकाजी

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १४ गते १९:२७

१४ मंसिर, विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा व्याप्त भष्टाचार नियन्त्रण नगरी समृद्धि हासिल नहुने बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाजको २१ औं राष्ट्रिय परिषद भेलामा शुक्रबार उनले राजनीतिक दलभित्र र समाजमा मौलाएको भष्ट्रचार नियन्त्रण गर्नु मुख्य आवश्यकता रहेको बताए ।

‘मुलुकलाई समृद्धिमा पुर्‍याउन फलामको ढोका पार गर्न सक्नुपर्छ’ नेता श्रेष्ठले भने ‘राज्यमा, राजनीतिक पार्टीहरुमा, समाजमा व्याप्त चरम भष्ट्रचारकोबिरुद्ध आन्दोलन नछेडेसम्म कुनै पनि समृद्धि आउदैन ’।

नेता श्रेष्ठले सुशासन कायम नभएसम्म विकास र परिवर्तन सम्भव नभएको धारणा राखे ।

विकास र परिवर्तन नभएसम्म जनतामा निराशा बढ्ने भन्दै नेता श्रेष्ठले यस्तो नैराश्यताले दक्षिणपन्थी शक्तिहरुको चलखेल बढ्ने र मुलुक विखण्डनकोसमेत डर हुने बताए ।

मुलुकमा अब राजनीति सफा गर्ने आन्दोलन आवश्यक रहेको पनि उनको भनाइ छ । ‘हामीले हिजोको दिनमा निरकुंशतन्त्रको विरुद्ध ठुलो राजनीतिक सघर्ष गर्‍यौं, ठुलो राजनितिक परिवर्तन गरेका छौं’, नेता श्रेष्ठले भने ‘आज त्यो राजनीतिक परिवर्तनलाई माध्यम बनाएर नेपाली समाजलाई समृद्ध बनाउने हो र नयाँ नेपाल बनाउने हो भने हामीले राजनितिलाई पनि सफा गर्नुपर्छ ।’

उनले अब कुनै पनि बाहनामा सरकार भाग्न नपाउने भन्दै काम गरेर देखाउनुपर्ने चुनौती रहेको पनि बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?