Comments Add Comment

अनलाइनखबरकर्मी खड्काथोकीसहित चार पत्रकार पुरस्कृत

१४ मंसिर, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गर्ने ‘युवा पत्रकारिता पुरस्कार–२०७५’ बाट अनलाइनखबरकर्मी विश्वास खड्काथोकी शुक्रबार सम्मानित भएका छन् ।

युवा र सामाजिक विषयमा कलम चलाएकोमा उनलाई अनलाइन सञ्चारमाध्यमको तर्फबाट पुरस्कार प्रदान गरिएको हो ।

मन्त्रालयले छापा, टेलिभिजन, रेडियोतर्फका पत्रकारहरुलाई पनि पुरस्कृत गरेको छ । टेलिभिजनबाट जनता टेलिभिजनका रामकुमार रिजाल, छापाबाट गोरखापत्रकाकी सविता शर्मा र रेडियोतर्फ सामुदायिक सूचना नेटवर्क (सीआईएन) का लिलप्रकाश चन्द पुरस्कृत भएका छन् । पुरस्कृत सबैलाई युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सम्मान पत्र र जनही ५० हजार रुपैयाँ पुरस्कार राशी प्रदान गरे ।

मन्त्रालयले खेल क्षेत्रमा योगदान पुर्याउने १० जना खेलाडीलाई पनि एक लाख रुपैयाँसहित सम्मान गरेको छ । भारत्तोलनबाट कमलबहादुर अधिकारी, तेक्वान्दोबाट यानकुमारी चौलागाई, एथलेटिक्स विश्वरुपा बुढा, भलिबलबाट नीताकुमारी शाह, एथलेटिक्सबाट सोमबहादुर कुमाल, तेकवान्दोबाट रञ्जना धामी सम्मानित भएका छन् ।

त्यस्तै एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया, व्याडमिन्टन रेफ्री दीपक थापा र खेल चिकित्सक डा. अजयशम्शेर जबरा सम्मानित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment