Comments Add Comment

मौसममा सामान्य बदली, यस्तो छ तीन दिनको पूर्वानुमान

१५ मंसिर, काठमाडौं । मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुनाका साथै उच्च हिमाली भूभागमा हिमपातको सम्भावना औंल्याएको छ ।

आज उच्च हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । रातको समयमा पश्चिमी तथा पहाडी भेगका केही स्थानमा आंशिकदेखि सामान्य बदली हुनेछ भने आइतबार पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा सामान्य बदली रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.५ तथा अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री छ । जुम्लामा न्यूनतम तापक्रम माइनस डिग्रीमा झरेको छ ।

सबैभन्दा बढी विराटनगरमा अधिकतम तापक्रम २८ डिग्री सेल्सियस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment