१६ मंसिर, काठमाडौं । साताको आइतबार सेयर बजारमा भारी गिरावट देखिएको छ । आइतबार सेयर बजार १७ दशमलव ७३ अंकले घटेको हो ।
१७ दशमलव ७३ अंकले ओरालो लागेर नेप्से परिसूचक १ हजार १ सय ३० दशमलव ६३ को बिन्दुमा झरेको छ । कारोबार रकम भने आइतबार राम्रै देखिएको छ ।
दिनभरमा १ सय ५६ कम्पनीको १४ लाख ४२ हजार १ सय ३८ कित्ता सेयर किनबेच हुँदा ४५ करोड ४६ लाख ९५ हजार ९ सय ९५ रुपैयाँको कारोबार भएको छ ।
अाज सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । नेपाल बैंकको ७ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार व्यापार समूहबाहेक अन्य सबै समूहका परिसूचकहरु ओरालो लागेका छन् । धेरै घट्नेमा भने बीमा कम्पनीहरुको सेयर देखिएको छ ।
निर्जिवन बीमा समूहको १३९.५१ अंकले ओरालो लागेको छ भने जीवन बीमा समूहको १०५.६७ अंकले आेरालो लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4