Comments Add Comment

चिसोमा दमको समस्याः यी कुरामा ध्यान दिने कि ?

तपाईले अनुभव गर्नुभएकै होला, चियो बढेसँगै दमले च्याप्न थाल्छ । यतिबेला रुघाखोकी, ज्वरो लगायतका रोगको संक्रमण पनि बढ्ने गर्छ । अझ दम/ आस्थमाको समस्या भएकाहरुमा चिसोले थप जटिलता निम्त्याउने गर्छ । त्यसैले, चिसो मौसममा दम तथा आस्थमाका रोगीहरुले सर्तक हुन जरुरी छ ।

चिसोमा स्वास नली खुम्चिनुका साथै कफको उतपादन बढ्ने गर्छ । यसबाहेक, यस मौसममा धुवाँ र वातावरणमा मिसिएका तत्व माथि पुग्न नसकेर वायुमै तैरिने गर्छ ।परिणामस्वरुप, चिसोमा आस्थमाको समस्या बढ्ने गर्छ । त्यसैले, आस्थमा रोगीहरुले चिसोमा निम्न लिखित कुरामा विशेष सावधानी अपनाउनु पर्छ ।

हात धुने

आस्थमा रोगीहरुले बाहिरबाट घर आउँदा सबैभन्दा पहिले हातखुट्टा राम्ररी धुनुपर्छ । अन्यथा उनीहरुको हातखुट्टामा टासिएको धुलोमाटोका कण तथा भाइरस स्वास नली वा मुखसम्म सजिलै पुग्ने गर्छ ।

न्यानो कपडा लगाउने

आस्थमाका विरामीले जाडोमा न्यानो कपडा लगाउनु पर्छ । एसी वा संदाको मुनी बस्नु हुँदैन । इन्हेलर तथा औषधीको प्रयोग चिकित्सकको सल्लाह अनुसार नै सेवन गर्नुपर्छ । र, शरीरलाई जति सकिन्छ, त्यति नै धेरै न्यानो राख्नुपर्छ ।

आगोबाट टाढा रहने

जाडोमा आगो ताप्नुको मज्जा नै बेग्लै हुन्छ । आगोको रापले शरीरलाई न्यानो बनाउँछ । तर आस्थमाका विरामीका लागि आगोमा बस्नु हानीकारक हुनसक्छ । किनकी यसले स्वास्थ्यमा पार्ने असर कुनै सुर्ती पदार्थको  सेवन भन्दा कुनै हालतमा पनि कम नभएको विशेषज्ञहरु बताउँछन् । भन्छन्, आखिर धुवाँ भनेको धुवाँ नै हो । चाहे त्यो आगोको होस् वा सुर्तीको । यसले आस्थमाको विरामीको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।

खानपानमा विशेष ध्यान

चिसोमा आस्थमाका विरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ । तातो तरल पदार्थको सेवन धेरै गर्नुपर्छ । सकेसम्म घरमै बनाएको कम वोसोयुक्त खानेकुरा खानुपर्छ । खानामा ताजा फलफुल तथा हरियो साजसब्जी धेरै खानुपर्छ । अमिलो वा कागती खानाले आस्थमाको समस्या बढ्दैन । तर कसैलाई अमिलोको एलर्जी छ भने त्यस्ता व्यक्तिले चिसोमा अमिलो सेवन नगर्नु नै उचित हुन्छ ।

घाम लागेपछि घरबाट बाहिर निस्कने

बदलिदो मौसम तथा प्रदुषणमा आस्थमाको विरामीले  स्वास्थ्यको विशेष ध्यान राख्नुपर्छ । त्यसको लागि घरबाट निस्कदा मास्कको प्रयोग गर्नुपर्छ । विहानको मर्निङ्ग वाक पनि घाम लागेपछि मात्र गर्नुपर्छ  किनकी प्रदुषणका कारण रातको समयमा वाुमा जम्मा भएको धुवा विहानीपख स्मोग (तुवालो)मा परिणत हुन्छ । चिसोमा यो समस्या सामान्य भएकोले आस्थमाका विरामीले घाम लागेपछि मात्र बाहिर निस्कनु पर्छ ।

स्टिम लिने

राती सुत्नु अघि स्टिम लिएमा फोक्सोमा जमेको दिनभरको फोहर बाहिर निस्कने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment