Comments Add Comment

तामाकोशी निर्माणको खाका एकसाता भित्र पेश गर्न उर्जा मन्त्रीको निर्देशन

१७ मंसिर, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई दु्रर्त गतिमा अघि बढाउन पहल थालेका छन् ।

यसअघि मन्त्री पुनले आयोजना प्रमुख विज्ञान श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायलाई राखेर मन्त्रालयमा आयोजनालाई युद्धस्तरमा अघि बढाउने विषयमा छलफल गरेका थिए ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार मन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, परियोजनाका प्रमुख श्रेष्ठ, परामर्शदाता कम्पनीका प्रतिनिधी टेक्सम्याको रेलवे इन्जिनियरीङलाई राखेर आयोजनामा देखिएको समस्यालाई हल गर्ने विषयमा छलफल गरे ।

छलफलमा मन्त्री पुनले कामको गति वढाउन र निर्माण कम्पनीलाई सात दिन भित्र काम अघि बढाउने स्पष्ट खाकासहित प्रस्तुत हुन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

‘अव समयमा सम्झौता हुंदैन,गुणस्तरमा पनि हामी सम्झौता गर्दैनौ, आयोजनाको काम कहां कसरी र कहिले सक्ने हो त्यसको स्पष्ट खाकासहित सात दिनभित्र जवाफसहित प्रस्तुत हुनुहोस्’, उनले भने ।

समयमा काम अघि नबढाइए र खाका प्रस्तुत नगरे ठेक्का तोडेर भए पनि प्रक्रिया अघि बढाउने मन्त्री पुनले चेतावनी दिए ।

उर्जामन्त्री पुन यसअघि आयोजनाको प्रगतीको वारेमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दोलखा पुगेका थिए ।

उहाले आयोजनामा देखिएको समस्या हल गर्न सम्बन्धीत पक्षलाई पटक-पटक निर्देशन दिंदै आएका छन् ।

टेक्सम्याको कम्पनीले काम छिटोभन्दा छिटो अघि बढाउने र समयसिमाभित्रै खाका बुझाउने प्रतिवद्धता जनाएको मन्त्री पुनको सचिवालयले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment