Comments Add Comment

‘एबीसीडी ३’का लागि बरुणलाई २१ करोड

नायक बरुण धवन रेम डिसुजाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘एबीसीडी ३’का लागि व्यस्त छन् । यो चलचित्र भारतकै महंगो चलचित्र बन्ने अड्कल गरिएको छ । डान्सको कथालाई पर्दामा आकर्षक तरिकाले देखाउने तयारी यसका निर्माताको छ ।

यो चलचित्रमा पहिलो पटक नायिका कट्रिना कैफ र नायक बरुण धवन एकसाथ काम गर्दैछन् । यो चलचित्रलाई फोर डीमा रिलिज गर्ने तयारी समेत यसका निर्माताको छ । अहिले यो चलचित्र नायक धवनको पारिश्रमिकलाई लिएर चर्चामा छ । यो चलचित्रका लागि बरुणले २१ करोड पारिश्रमिक लिएको भारतीय मिडियामा उल्लेख छ ।

बरुणले मागेको २१ करोड रुपैयाँ पारिश्रमिकलाई यसका निर्माताले स्विकार गरेको खबर भारतीय मिडियामा उल्लेख छ । बरुण अहिले बलिउडमा नयाँ जेनेरेशनका सवैभन्दा चलेका नायक हुन् । उनी डान्समा पनि पोख्त मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment