Comments Add Comment

नबिल बैंकका ग्राहकलाई कान्तिपूर डेन्टल कलेजमा विशेष छुट

१८ मंसिर, काठमाडाैं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने गरी सम्झौता भएकोे छ ।

उक्त सम्झौता बमोजिम कान्तिपूर डेन्टल कलेजले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई एकस–रे बाहेक सामान्य अस्पताल शुल्कहरुमा २०∞, सामान्य दन्त चिकित्सा, दन्त प्रत्यारोपण, ओर्थोडोंटिक्स तथा क्राउन ब्रिजहरुमा १०∞ को विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ ।

नबिल बैंक लिमिटेडका प्रमुख खुद्रा बैंकिङ्ग निरज शर्माले भने, ‘ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रसंगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ ।’

कान्तिपूर डेन्टल कलेजका अध्यक्ष बुद्घिमान श्रेष्ठले भने, ‘नेपाली नागरिकहरुलाई अधिक सेवा पुर्‍याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउँदा हामीलाई धेरै खुशि लागेको छ र यो सम्झौताले सेवामा हामी थप एक कदम अगाडी बढेको विश्वास गर्दछौं ।’

कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पतालमा १५० दन्त कुर्सी तथा ९ वटा विभागहरु रहेका छन् ।

धापासी स्थीत सो डेन्टल अस्पतालको कपन, पोखरा, बुटवल, भलवाडी तथा नारायणघाटमा सेवा केन्दहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment