+
+
Shares

जब काठमाडौं प्रहरीमा प्रधानमन्त्री ओलीविरुद्ध जाहेरी आयो…

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १८ गते १९:३०

१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध धर्म परिवर्तनको उद्योग कसुर अन्तरगत कारबाहीको माग गर्दै एक जना प्रहरी समक्ष पुगेका छन् ।

शनिबार सकिएको एसिया प्यासिफिक समिटमा नेपाली जनतालाई क्रिष्चियन धर्मप्रति आकर्षित एवं बाध्य पार्ने किसिमको गतिविधि भएको भन्दै अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले जाहेरी दर्खास्त दिएका हुन् ।

ओलीसहित आयोजक युनिभर्सल पिस फेडेरेशन (यूपीएएफ) का अध्यक्ष एकनाथ ढकालविरुद्ध पनि उनले जोहरी दिएका थिए । तर, काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाले जाहेरी लिन अस्वीकार गरेका छन् ।

उनले जाहेरीमा भनेका छन्, ‘लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै पुरस्कार र तक्मा दिने, अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति कायमका लागि कार्यक्रम गर्ने गराउने भन्दै आयोजक बनेर प्रधानमन्त्रीको उपस्थितिमा ५ दिनसम्म होटल हायालमा क्रिष्चिय सम्मेलन गरेर जनतालाई क्रिष्चियन धर्मप्रति आकर्षित एवं आस्था राख्न बाध्य पार्ने तरिकाले नेपालका उच्च पदाधिकारी, उच्च ओहोदाका कर्मचारी राष्ट्रसेवक एवं मेयर, उपमेयरलाई सम्मेलनमा बोलाएर सच्चा माता भनिने मुनबाट आर्शिवाद समेत लिने काम भएको छ ।’

अपराध (संहिता) ऐन २०७४ को दफा १५८ को १, २ विपरित धर्म परिवर्तन गराउन नहुने कार्यमा सरिक भएर मतियार भइ विवादित संस्था यूपीएफको अवार्ड वा उपहार, तकमा दिने कार्य संविधानको धारा २७७ विपरित भएको उनले जाहेरीमा दाबी गरेका छन् ।

उनले प्रमाणको रुपमा प्रधानमन्त्री, अन्य मन्त्री, जनप्रतिनिधि लगायतले दिएको सन्देश, विभिन्न पत्रपत्रिका, मिडिया रेकर्ड रहेको जाेहरीमा उल्लेख गरेका छन् भने आवश्यक छानबिनका गर्न माग गरेका थिए ।

राजनीति गर्न अाएको भन्दै एसएसपीले गाली गरेः अधिवक्ता

जाहेरीकर्ता अधिवक्ता पोखरेलले भने आफू जाहेरी दर्ता गराउन जाँदा एसएसपी लामाले गाली गरेको बताए ।

‘उहाँले के प्रमाण छ ? राजनीति गर्न आउनु भएको भन्दै सिधै गाली गरे’, उनले अनलाइनखबरसँग भने, ‘मैले पुरस्कार लिएकोदेखि हरेक कुरा सार्वजनिक रुपमा देखिइसकेको भन्दै छानबिन गरिदिन भन्दै आएको बताएँ । तर, संविधानमा व्याख्या भएको कुरा बताउँदा समेत उहाँले हुँदैन भनेर फर्काउनु भयो ।’

हेर्नुस् जाहेरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?