+
+
Shares

राफिन्हा ६ महिना मैदान बाहिर

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १८ गते २२:१२

काठमाडौं । बार्सिलोनाका मिडफिल्डर राफिन्हा ६ महिना मैदान बाहिर रहने भएका छन् ।

ला लिगामा गत महिना एथ्लेटिको मडि्रडविरुद्ध भएको खेलमा उनको घुँडामा चोट लागेको थियो । उनको देब्रे घुँडाको एसीएल च्यातिएको पाइएको छ ।

उनको घुँडामा गम्भीर चोट लागेको यो तेस्रो पटक हो । २०१५ मा उनको दाहिने घुँडाको एसीएल च्यातिएको थियो भने २०१७ मा घुँडाकै चोटका कारण सात महिना मैदान बाहिर भएका थिए ।

२५ वर्षीय ब्राजिलियन मिडफिल्डर राफिन्हाले यो सिजन पाँच ला लिगा र दुई च्याम्पियन्स लिग खेल खेलेका छन् ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?