Comments Add Comment

२५ वर्षे मंगोलियन हार्टको २५ ठाउँमा कन्सर्ट, युएईको तयारी पूरा

काठमाडौं । नेपालको चर्चित सांगीतिक समूह ‘मंगोलियन हार्ट’ले आफ्नो रजत महोत्सवको अवसरमा युएईमा पनि सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

डिसेम्बर ६ र ७ तारिखमा युएईका दुई शहर अबुधाबी र बरदुबईमा कार्यक्रम गर्न लागिएको हो । अबुधाबीमा ली मेरिडियन होटेल र बरदुबईमा अस्टोरिया होटेलस्थित क्लब एभरेष्टमा हुने छ ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाली रक्सले जनाएको छ ।

मंगोलियन हार्टका म्यानेजर एवम् गीतारिस्ट बबी लामाका अनुसार ब्याण्डको सांगीतिक यात्रा २५ वर्ष पुगेकोमा २५ ठाउँमा सांगीतिक कन्सर्ट गर्ने लक्ष्य छ । हालसम्म ८ वटा ठाउँमा कार्यक्रम सम्पन्न भइसकेको छ । यूएईका दुई वटा कार्यक्रमपछि बाँकी १५ ठाउँमा गर्ने तयारी पनि लगभग सकिन लागेको लामाले बताए ।

युएईमा पहिलो पटक हुन लागेको कार्यक्रमले आफूहरुलाई उत्साहित बनाएको उनले बताए । यसै कार्यक्रम लागि गायक राजु लामा अमेरिकाबाट आइसकेका छन् ।

मंगोलियन हार्टका ‘हल्ला चलेछ’, ‘उँभो उँभो खासा’, ‘तिमीलाई देखेर’, ‘बादल पारिको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’, ‘ओई नाना, ‘नतानुँ त तानुँ लाग्ने’, ‘गाजलु टीका’ लगायतका गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment