Comments Add Comment

धरौटीमा छुटेका व्यक्तिलाई थुनामुक्त गर्न प्रहरीले माग्यो १५ हजार !

१९ मंसिर, काठमाडौं । झापामा प्रहरीले धरौटीमा छुटेका व्यक्तिलाई थुनामुक्त गर्न १५ हजार रुपैयाँ माग गरेको खुलासा भएको छ ।

अभद्र व्यवहार सम्बन्धी मुद्दामा मेचीनगर-१३ का यादव भट्टराईलाई जिल्ला प्रशासन कार्यालयले ८ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिए पनि प्रहरीले अतिरिक्त रकम माग गरेको खुलेको हो ।

यसअघि इलाका प्रहरी कार्यालय, अनारमनीले १० मंसिरमा भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा छुटाइदिए वापत भन्दै प्रहरीले पीडितसँग १५ हजार रुपैयाँ लिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, झापाले अनुसन्धान थालेको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा समिति नै गठन भएको छ । समितिको प्रारम्भिक अनुसन्धानले घटनामा प्रहरी चौकी, चारआलीमा कार्यरत् प्रहरी सहायक निरीक्षक उत्तमकुमार कार्कीको संलग्नता देखिएपछि उनलाई निलम्बन गरेको छ ।

घटनामा इप्रका अनारमनीका प्रहरी नायब निरीक्षक उत्तम कार्की पनि संलग्न भएको आरोप लागेको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको छ । ‘उनीमाथि पनि अनुसन्धान भइरहेको छ’, डीएसपी श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment