+
+
Shares

सेयर बजारमा भारी गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १९ गते १७:१२

१९ मंसिर, काठमाडाैं । धितोपत्र बजारमा आज सेयरको मूल्यमा उच्च अंकको गिरावट आएको छ । सोमबार र मंगलबार बढेको बजार आज भने करीब २३ अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२ दशमलव ८ अंकले घटेर एक हजार ११८ दशमलव १९ बिन्दुमा पुगेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज चार दशमलव ९१ बिन्दुले घटेर २३७ दशमलव ७८ बिन्दुमा झरेको छ ।

कूल १५६ कम्पनीको ११ लाख ६८ हजार २३३ कित्ता सेयर रु ३७ करोड ७२ लाख ८६ हजार २७९ मूल्यमा खरीद बिक्री भएको स्टकले जनाएको छ । कारोवार भएको दश उपसमूह सबैको सेयर मूल्य घटेको छ ।

बैंकिङ १५ दशमलव २२, होटल १० दशमलव ७३, विकास बैंक ३३ दशमलव ८८, जलविद्युत् २१ दशमलव २४, वित्त दुई दशमलव चार, निर्जीवन बीमा १८५ दशमलव २६, उत्पादन २५ दशमलव ४७, अन्य २८ दशमलव शून्य आठ, लघुवित्त ३० दशमलव ४१ र जीवन बीमा ९६ दशमलव शून्य एक बिन्दुले घटेको छ ।

घटेको बजारमा हाथवे फाइनान्स कम्पनी, दिव्येश्वरी हाइड्रोपावर कम्पनी, तिनाऊ डेभलपमेन्ट बैंकका सेयरधनीले भने कमाएका छन् ।

राधी विद्युत् कम्पनी, हिमालयन डिस्टिलरी, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनीका सेयरधनीले बढी गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?