Comments Add Comment

‘आई एम ट्वान्टी वान’मा धिरजसँग जसिताको जोडी

चलचित्र ‘लिलिबिली’बाट नेपाली चलचित्र बजारमा उदाएकी नायिका जसिता गुरुङले काम गर्न लागेको तेश्रो प्रोजेक्ट पनि फाइनल भएको छ । उनले दोश्रो प्रोजेक्टको रुपमा चलचित्र ‘लभ स्टेशन’मा काम गरिरहेकी छिन् । अब, उनै जसिताले तेश्रो प्रोजेक्टको रुपमा निर्देशक रेनशा वान्तवा राइको चलचित्र ‘आई एम ट्वान्टी वान’मा काम गर्न लागेकी हुन् ।

रेनशा वान्तवा राइले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशन गरेर चर्चा पाएकी थिइन् । यो चलचित्र सफल भएको भन्दै केक काटिएको कार्यक्रममा चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्माणको घोषणा गरिएको थियो ।

चलचित्रमा ‘इन्टु मिन्टु लण्डनमा’बाट नै नेपाली चलचित्र क्षेत्रमा उदाएका नायक धिरज मगर ‘आई एम ट्वान्टी वान’को मुख्य भूमिकामा रहनेछन् । अब, यो चलचित्रमा धिरजको जोडीको रुपमा नायिका जसिता गुरुङले काम गर्न लागेकी हुन् ।

रेनशाले भनिन्–‘जसितासँग हामी कागजी संझौता लण्डनमा नै गर्नेछौ । सम्पूर्ण कागजपत्र तयार भएको छ । उनले काम गर्ने पक्का हो ।’नायक प्रदिप खड्कासँग २ वटा चलचित्रमा काम गरेपछि जसिताले तेश्रो प्रोजेक्टको रुपमा उदाउँदा नायक धिरज मगरसँग काम गर्न लागेकी हुन् ।

यो चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने रेनशाले घोषणा गरिसकेकी छिन् । धिरज र जसिताको जोडी चलचित्रमा आउनुपर्ने माग देखेपछि आफूले दुइलाई एकसाथ काम गराउन लागेको रेनशाले बताइन् । लभ स्टोरी कथामा नै यो चलचित्र बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment