Comments Add Comment

८ संकेत:पोषणको कमीले तपाईको बच्चामा यी जटिलता देखिदैछ

बच्चाको शारीरिक र मानसिक विकास उनीहरुको पोषणमा निर्भर हुन्छ । यदाकदा  खानपानमा धेरै ध्यान राख्नाले पनि बच्चामा कमजोरी आँउछ । यसको कारण सन्तुलित भोजनको अभाव हो ।

भिटामिन, मिनरल्स र पोषकतत्वको कमी भएमा बच्चा कुपोषणको शिकार हुन्छन् । जसबाट थाहा पाइन्छ कि बच्चामा पोषक तत्वको कमी छ ।

बच्चामा पोषक तत्वको कमीको लक्षण विभिन्न संकेतबाट देख्न सकिन्छ । यस्ता संकेतहरु देखिएमा बच्चाको आहारमा थोरै थोरै परिवर्तन गरिरहनु पर्छ ताकि खानामा उनीहरुलाई रुची हुन्छ र पौष्टिक तत्व प्राप्त गर्छन् ।

यस्ता संकेत देखिएमा बच्चालाई हुन सक्छ पोषक तत्वको कमीः

१. बेचैनी, हडबडाउने र निराशा

सँधै बेचैनी, हडबडाउने र तनाव महसुस हुनु पोषक तत्वको कमीको कारण हो । यसको लागि एमिनो एसिड प्रमुख जिम्मेवार छ । यो एसिड मांसपेसीहरुको निर्माण मात्रै होइन मस्तिस्कको विकासमा पनि धेरै महत्वपूर्ण छ किनभने न्यूरो ट्रान्समिटरले हामीलाई सँधै खुसी र शान्त राख्छ । यसको कमीले दिमाग अशान्त र बेचैन रहन्छ ।

के छ समाधान ?

बच्चाको आहारमा प्रोटिनयुक्त खानेकुरा समावेश गर्नाले शरीरमा एमिनो एसिसडको कमी पूरा हुन्छ । यसले मांसपेसीहरुलाई धेरै आराम मिल्छ । शाकाहारी खानेकुराहरुमा दूध, पनिर, दही, अण्डा, कुखुराको मासु आदिले यस कमीलाई छिटै पुरा गर्छन् ।

२. सधै अशान्त रहने

केही बच्चाहरु सँधै दौडने, उपि|mने, कुद्ने गरिरहन्छन् । यसै गरी बच्चाहरु हाइपरएक्टिभ हुन्छन् । कहिले शान्त नबस्ने कारणले उनीहरुको मस्तिस्क धेरै क्रियाशिल हुन्छ । विज्ञका अनुसार यस खालका बच्चामा राम्रो ब्याक्टेरियाको कमी हुन्छ जसले पाचन तन्त्र कमजोर हुन्छ ।

के छ समाधान ?

बच्चाको आहारमा प्रशोधित खानेकुराहरु जस्तैः चिप्स, केक, पिज्जा, बर्गर, पेटिज मफिन्स आदि नखाइकन दही र स्वस्थ खानेकुरा समावेश गर्नुहोस् । यसले उनीहरुको स्वभावमा परिवर्तन आउन सुरु हुन्छ ।

३. बच्चा ढिलो बोल्नु

केही बच्चाहरुलाई धेरै कम वा ढिलो बोल्छन् । यसको कारण उनीहरुको शरीरमा भिटामिन बि १२ को कमी हुन सक्छ ।

यो कमीलाई पुरा गर्न उनीहरुलाई सप्लिमेन्ट्स दिने गल्ती नगर्नुहोस् । यस समस्याको समाधानको लागि उनीहरुलाई सन्तुलित खानाको साथसाथै स्पिचथेरापी धेरै प्रभावकारी हुन्छ ।

के छ समाधान ?

बच्चालाई अण्डा, मासु, माछा, चिकेन सुप, दूध र दूधबाट बनेका उत्पादन जस्तै पनीर, लस्सी, मख्खन आदि खुवाउनुहोस् । शाकाहारी आहारमा भिटामिन बी१२ पाँइदैन ।

४. रुखो कपाल

बच्चाको रुखो र सुख्खा कपालले शरीरमा आइरन, भिटामिन ए, के डी ई र के२ को कमी भएको संकेत दिन्छ ।

के छ समाधान ?

ड्राइ फ्रुट्स, सोयाबीन, पनिर, ब्रोकाउली, अंकुरित अन्नहरु, माछा आदिलाई बच्चाको आहारमा समावेश गर्नुहोस् ।

५. दाँतमा किरा लाग्ने

जो बच्चा धेरै गुलियो र चकलेटहरु खान्छन् उनीहरुको दाँतमा क्याभिटि हुनु स्वभाविक हो । यस बाहेक दाँतको सफाई नगर्नाले पनि यो समस्या आउँछ तर कहिलेकाँही कपोषक तत्वको कमी पनि यसको कारण हुन सक्छ ।

के छ समाधान ?

बच्चालाई गुलिया मिठाई र चकलेटहरुबाट टाढै राख्नुहोस् यसबाहेक दूध, पनिर, ब्रोकाउली, फलफूल, दही आदि बच्चाको खानेकुरामा समावेश गर्नुहोस् ।

६. रुखा खोकी लागिरहने

बच्चालाई लगातार रुघाखोकी लाग्छ भने यो उनीहरुको प्रतिरोधी क्षमता कमजोर भएको संकेत हो । पोषक तत्वको कमीले पनि उनीहरुलाई यस्तो समस्या देखिन्छ ।

के छ समाधान ?

बच्चाको आहारमा भिटामिन सी युक्त खाद्यपदार्थ र भिटामिन डी जस्ता तत्वहरु समावेश गरेर पौष्टिक तत्वको मात्रा पुरा गर्नुहोस् ।

७. बच्चाको जिद्दी स्वभाव

शरीरमा स्वस्थ बोसो र ओमेगा ३ एस जस्ता तत्वको कमी उनीहरुको जिद्दी स्वभावको कारण हुनसक्छ । यदि बच्चालाई पोषक तत्व पर्याप्त मात्रामा मिल्छ भने यो कमी पुरा हुन्छ ।

के छ समाधान ?

गाँजर दही, नौनी, नरिवल, माछा आदीको सेवनले यो कमीलाई पुरा गर्छ

८. मोटोपना

पोषक तत्वको कमीले शारीरिक कमजोरी मात्रै होइन केही बच्चाहरु मोटोपनाको शिकार पनि हुन सक्छन् । बच्चाको बढ्दो तौल पनि चिन्ताको कारण हुन सक्छ । पोषक तत्वको कमीको कारण खाना खाएपछि पनि बच्चालाई भोकको महसुस हुन्छ ।

के छ समाधान ?

बच्चाको खानपानमा पुरा ध्यान दिनुहोस् । सँधै एकै किसिमको खाना खुवाउनुको बदला उसलाई सन्तुलिन खानेकुरा दिनुहोस् । योगा, व्यायाम, खेलकुदमा सकि्रय गराउनुका साथसाथै बच्चाहरुलाई हरियो सागसब्जी, फलफूल, सूप आदि खान दिनुहोस् । उनीहरुलाई प्रशोधित खानाबाट टाढै राख्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment