Comments Add Comment

म्याक्सवेल र फिन्चले आईपीएलको अक्सनमा भाग नलिने

अष्ट्रेलियाका ब्याट्सम्यानद्वय ग्लेन म्याक्सवेल र अरोन फिन्चले इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा भाग नलिने भएका छन् । राष्ट्रिय टिमको ब्यस्त सेड्यूलका कारण उनीहरु यसपालीको आईपीएलबाट अलग भएका हुन् ।

सन् २०१९ को पहिलो ६ महिना अष्ट्रेलियाको होम समरका साथै ईंग्ल्यान्ड विश्वकप र त्यसपछि एसेज सिरिज छ । फिन्च अ लियाका ओपनर ब्याट्सम्यान हुन् भने मध्यक्रममा खेल्ने म्याक्सवेल एकदिवसीय र टि-२० का महत्वपूर्ण खेलाडी हुन् ।

उनीहरु दुवैलाई आईपीएलमा उनीहरुका फ्रेन्चाइजले गत नोभेम्बरमा रिलिज गरेका थिए । म्याक्सवेललाई दिल्ली डेयरडेभिल्सले (नयाँ नाम दिल्ली क्यापिटल्स) र फिन्चलाई किङ्स-११ पञ्जावले रिलिज गरेका थिए ।

अक्सन पुलमा सुचीकृत केही ठूला नामहरुमा डेल स्टेन (बेस प्राइस १.५ करोड भारु), ब्रेन्डन म्याकुलम, डिअर्सी सर्ट, कोरी एन्डरसन (सबै २ करोड भारु) छन् । सबैभन्दा बढि बेस प्राइस रहेका भारतीय खेलाडीमा जयदेव उनाडकट रहेका छन् । लेफ्ट आर्म फास्ट बलर उनाड्कट २०१८ को जनवरीमा भएका अक्सनमा सर्वाधिक मूल्यमा बिकेका थिए । उनलाई राजस्थान रोयल्सले ११.५ करोड भारुमा किनेको थियो ।

अक्सन पुलमा फर्केका अन्य चर्चित भारतीय खेलाडीमा यूवराज सिंह, मोहम्मद सामी, अक्षर पटेल छन् । उनीहरु सबैको बेस प्राइस १ करोड भारु रहेको छ । आउँदो १८ डिसेम्बरमा जयपुरमा अक्सन हुँदैछ । आईपीएलको मिति भने घोषणा भएको छैन । यद्यपि याउे मार्च २३ र मे १५ बीचमा हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment