Comments Add Comment

निर्मलालाई न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन, ११ जना पक्राउ

२० मंसिर, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्याय माग्दै प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँदै गर्दा उनीहरुले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले टाउकोमा कालो पट्टी बाँधेका थिए भने त्यसमा ‘म निर्मला’ लेखिएको कागज टाँसेका थिए । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे ।

हाल उनीहरुलाई वृत्तको हिरासतमा राखिएको छ । यसैबीच, पन्तको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनीको बयान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment