Comments Add Comment

संचार खर्च नपाएपछि उपप्रमुखले फिर्ता गरिन् सिमकार्ड

२० मंसिर, सप्तरी । स्थानीय तहको निर्वाचन भएपछि कतिपय ठाउँमा जनप्रतिनिधिबीचको विवाद चरमोत्कर्षमा पुगेको छ । खासगरी प्रमुख र उप प्रमुखबीच अत्यधिक विवाद हुने गरेको देखिएको छ ।

उप-प्रमुख महिला भएकै कारण पुरुषहरुले हेप्ने गरेको उप-प्रमुखहरुको अारोप छ ।  सप्तरीकी एक उप-प्रमुखले भने आफूलाई हेपेर संचार खर्चसमेत नदिएको भन्दै नगरपालिकाले उपलब्ध गराएको मोवाइलको सिमकार्ड फिर्ता गरिदिएकी छन् ।

जिल्लाको बोदे बर्साइन नगरपालिकाकी उप प्रमुख रञ्जुकुमारी साहले नगरपालिकाले उपलब्ध गराएको नेपाल टेलिकमको सिमकार्ड नगरपालिकामा फिर्ता गरेको बताएकी छन् । ‘उपप्रमुखका लागि संचार खर्च छैन् भनेर प्रमुख प्रशासकीय अधिकृतले भनेपछि सिमकार्ड नगरपालिकालाई नै फिर्ता गर्‍यौं,’ उप-प्रमुख साहले भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृत उमेश यादवले यस्तो जानकारी गराएपछि नगरपालिकाको प्रमुखका नीजि सचिब मार्फत सिम कार्ड फिर्ता गरेको छु ।’

उप-प्रमुखमा निर्वाचित हालसम्म आफूलाई संचार खर्च वापत रु एक हजार मात्र उपलब्ध गराइएको गुनासो गर्दै उनले नगरपालिकाबाट प्राप्त भएको सिममा आफ्नो व्यक्तिगत खर्च गर्दै आएको बताइन् । उनले पत्रिकाको बिल पनि आफैंले तिरेको र नगरपालिकाले हालसम्म कुनै सुविधा नदिएको गुनासो गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment