Comments Add Comment

बाँसबारीस्थित न्युरो अस्पतालले भित्र्यायो ‘अवेक रेनियोटोमी’ प्रविधि

२० मंसिर, काठमाडौ । बाँसबारीस्थित न्युरो अस्पताल (उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्स) ले पहिलो पटक ‘अवेक रेनियोटोमी’ प्रविधिमार्फत एक विरामीको टाउकाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।

न्युरो सर्जन डा. प्रत्युष श्रेष्ठ नेतृत्वको टोलीले सर्लाहीका २२ वर्षीय बिरामीको अवेक रेनियोटोमी प्रविधिमार्फत टाउकाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको हो । मीर्गीको समस्याबाट पीडित ती बीरामी तीन दिनअघि अस्पताल भर्ना भएका थिए ।

मीर्गीका कारण ती विरामीको बोलीलाई नियन्त्रण गर्ने नशामा ग्लायोमा ट्यूमर देखिएपछि डा. प्रत्युष श्रेष्ठ नेतृत्वको टोलीले ती बिरामीलाई बेहोश नपारिकनै उनको टाउकाको शल्यक्रिया गरेको थियो ।

शल्यक्रियाका क्रममा चिकित्सकहरुको टोलीले आवश्यक जाँच पश्चात्त बिरामीको टाउकाको स्काल्प (कपालको जरा)मा रहेको ठाँउठाँउको नशा व्लक गरेका थिए ।

सो क्रममा चिकित्सकहरुले विरामीसित कुरा गरेरै शल्यक्रिया गरेका थिए । शल्यक्रिया गर्न चिकित्सकहरुलाई ४/५ घण्टा लागेको थियो । यसरी विरामीसित कुरा गरेरै गरिएको यस किसिमको शल्यक्रिया नेपालमै पहिलो हो ।

यस अघिसम्म बाँसबारीस्थित न्युरो अस्पतालमा हात गोडो चलाउने नशामा रहेको ट्यूमरको मात्र शल्यक्रिया हुँदै आएको थियो । शल्यक्रिया पश्चात्त हाल विरामीको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

‘यस किसिमको शल्यक्रियामा विरामीलाई बेहोश बनाएर दिमागको केही भागलाई उत्तेजित बनाउँदा विरामीको बोली सदाका लागि गुम्न सक्थ्यो भने विरामी निकै कमवोर हुन सक्थे’, डा. प्रत्युष श्रेष्ठले भने,’तर विरामीसित बोलेर नै शल्यक्रिया गर्दा उसको बोली बचाउन त हामी सफल भएका छौ । साथै, बोलीलाई नियन्त्रित गर्ने नशामा रहेको ट्यूमरलाई बेलामै हटाएर विरामीलाई क्यान्सर हुनबाट समेत जोगाएका छौ ‘ । यद्यपी, विरामीको उक्त ट्यूमर क्यान्सर हो कि हैन भन्ने विषयमा रिर्पोट आउन बाँकी नै रहेको उनले बताए ।

नेपालमा यस किसिमको प्रविधिको सुरुवातसँगै ‘अवेक रेनियोटोमी’ प्रविधिद्धारा शल्यक्रिया गर्दा केही केही अप्ठेरो भएपनि विरामीहरुलाई भने निकै फाइदा पुग्ने विश्वास लिइएको छ । यसअघिसम्म यस किसिमका शल्यक्रिया गर्न विरामीलाई बेहोश पारिदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment