+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दुई लाख सेवाग्राहीले पाएननन् स्मार्ट लाइसेन्स

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २१ गते ९:३२

२१ मङ्सिर, ललितपुर । सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले स्मार्ट लाइसेन्स् (चालक अनुमतिपत्र) पाएका छैनन् ।

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उतीर्ण भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या बिहीबारसम्म ५ लाख ५७ हजार ७०० थियो । यो सङ्ख्या कार्यालयले चार वर्ष पहिले स्मार्ट चालक अनुमतिपत्र सुरु गरेदेखि अहिलेसम्मको हो ।

कार्यालयबाट लिइएको लिखित, ‘ट्रायल’ पास गरेका र नवीकरणका लागि फारम भरेका दुवै खालका सेवाग्राहीले राजश्व तिरेको लामो समयसम्म चालक अनुमतिपत्र नपाएका हुन् ।

उक्त कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् भने दुई लाख तीन हजारका लागि भने छाप्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

एक वर्षभन्दा पहिले परीक्षा पास गरेका सेवाग्राहीले समेत अनुमतिपत्र पाएका छैैनन् । उनीहरुले राजश्व तिरेको कागज देखाएरै सवारीसाधन चलाइरहेका छन् । त्यस्तो कागज बलियो नहुने पानीमा भिज्ने पछि अक्षर अक्षर घोटिएर जाने भएकाले हैरान भएको भक्तपुरका विराज नेपालले बताए । ‘अक्षर मेटिएर दुई पटक फेरीसकेँ’, उनले भने, ‘अझै कति समय लाग्ने थाहा नभएर अहिले चहिँ लेमिनेशन नै गरेर राखेको छु ।’

स्मार्ट प्रमाणपत्र छाप्ने उपकरणको क्षमता कम भएकाले दुई लाखभन्दा बढी सेवाग्राहीले चालक अनुमतिपत्र नपाएका हुन् । कार्यालयमा धेरै खालका गुनासो लिएर सेवाग्राही आउने गर्छन् । तीमध्ये सबैभन्दा बढी सवारी चालक अनुमतिपत्रमा भइरहेको ढिलाइसँग सम्बन्धित छ । उनले भने, ‘एक दिनमा धेरै जना मेरो लाइसेन्स बन्यो कि बनेन र कहिले आउँछ भन्दै सोध्न आउँछन् ।’

घरबाट निस्कँदा नै गाली खानका लागि तयार भएर निस्कनुपरेको पौडेलले बताउनुभयो । कार्यालयमा आउने सेवाग्रही धेरै खालको गुनासो लिएर आउने गरेका छन् । त्यसमा सबैभन्दा बढी चालक प्रमाणपत्रका लागि भइरहेको ढिलाइसँग सम्बन्धित हुन्छ । उनले भने, ‘दैनिक २० जना जति मेरो लाइसेन्स कहिले आउँछ भन्दै आउँछन, हामीसँग दिने जवाफ हुँदैन ।’

दश महिनाअघि चालक अनुमतिपत्र परीक्षा पास गरेकी ठेचोकी रञ्जना महर्जन चार पटकसम्म चालक अनुमतिपत्र बने नबनेको बुझ्न कार्यालय आइसकिन् ।

हरेक पटक आउँदा उनले अनुमतिपत्र कहिले आउँछ भन्ने प्रश्नको जवाफ पाएकी छैनन्  ।  महर्जनले कार्यालयबाट बिदा लिएर हतारिएर चालक अनुमतिपत्र बनाएकी थिइन् । एक-पटक पास नभएपछि एक साताभर तयारी गरेर अर्काे साता ट्रायल परीक्षा पास गरिन् । त्यतिको हतार गरेर पास गरे पनि उनले अझैसम्म चालक अनुमतिपत्र पाएकी छैनन् ।

यो कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरू गर्दा एउटा कार्यालय मात्रैमा यो सेवा थियो । गत वर्षदेखि देशभरका अञ्चल कार्यालयले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेका छन् ।

सबै अञ्चल कार्यालयबाट परीक्षा पास भइसकेका सेवाग्राहीको चालक अनुमतिपत्र विभागमा नै छापिन्छ । त्यहाँ भएको उपकरण पर्याप्त नभएकाले समस्या भएको हो । पौडेलले भने, ‘एकातिर पहिले लिइसकेकाको नवीकरण र अर्कातिर नयाँ बन्ने चालक अनुमतिपत्रमा स्मार्टकार्ड नै लागू भएको छ ।’

चालक अनुमतिपत्रमा भएको चिप (धातुको टुक्रा) उप्कने, वेवसाइड नखुल्ने, ढड्डा र कम्प्युटरमा फरकफरक विवरण हुनेलगायतका समस्या लिएर दैनिक सयौँ सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?