Comments Add Comment

‘प्रधानमन्त्रीको ओठे जवाफ आउनु दुःखद’

२१ मंसिर, काठमाडौं । सरकारबारे प्रश्न उठाउँदा प्रधानमन्त्रीबाटै ओठे जवाफ आउनु दुःखद भएको प्रजातान्त्रिक विचार समाजले बताएको छ । समाजले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका हो ।

प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा केही बुद्धिजीवीले तल्लो स्तरको टिप्पणी गरेको भन्दै आफूले जपाफ दिँदा थलो पर्ने बताएका थिए । साथै सञ्चार माध्यममा बोल्नु अघि वादविवाद गर्न चाहेको हो कि होइन प्रष्ट हुन आग्रह गरे ।

समाजले भने प्रधानमन्त्रीको चेतावनीपूर्ण अभिव्यक्ति लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारविरुद्ध भएको ठहर गरेको छ ।

यस्ता आपत्तिजनक अभिव्यक्ति फिर्ता लिन र सरकार सबै जनताको अभिभावक भएको सन्देश दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछौं’ समाजले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment