Comments Add Comment

माछापुच्छ्रे बैंकका ३ वटा नयाँ शाखाको उद्घाटन

२१ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।

बैंकले मकवानपुरको हेटौंडा उप-महानगरपालिकास्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिका स्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिकास्थित कालिका शाखा कार्यालयको सञ्चालन शुरु गरेको हो ।

हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जय मुकुन्द खनाल र हेटौंडा उप-महानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन गरे ।

त्यसै गरी बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले संयुक्त इच्छाकामना शाखा कार्यालयको उद्घाटन गरे ।

कालिका शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठले संयुक्त रुपममा गरे ।  नयाँ शाखामार्फत आˆना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ ।

यससँगै बैंकको शाखा संख्या ८६ पुगेको छ । बैंकले २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानवाट ग्राहक सेवा दिइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment