Comments Add Comment

भ्रष्टाचार अन्त्य गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२३ मंसिर,बुटवल । भ्रष्टाचार अन्त्य गर्न माग गर्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा समाजले इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपसचिव सुशील बैद्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

इलाका प्रशासन कार्यालय बुटवलमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले भ्रष्टाचार निर्मूल पार्न भ्रष्ट शैली त्याग्नुपर्ने बताएका छन् ।

भ्रष्टहरुलाइ नै राज्यले सम्मान गर्ने, नेता, मन्त्री बनाउने पद्धतीको अन्त्य नभएसम्म भ्रष्टाचारीको मनोवल नगिर्ने निश्कर्ष उनीहरुको छ ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ट उपसभापति गोबिन्द खनालले परिवारका सदस्यहरुकै ठूलाठूला चाहना हुँदा मानिसले पैसा आर्जन गर्न गलत बाटो समातिरहेकोले यसलाई घरभित्रैबाट पनि रोक्नुपर्ने बताए । उनले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न कुनै कसर बाँकी राख्न नहुने उल्लेख गरे ।

ज्ञापनपत्र बुझ्दै प्रशासनका प्रमुख उपसचिब सुशील बैद्यले भ्रष्टाचार नियन्त्रणका लागि राज्य संयन्त्र सक्रिय भएर लागेको भन्दै ज्ञापनपत्र प्रधानमन्त्रीलाइ पठाइदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment