Comments Add Comment

सन्दीप आज बिग ब्यास खेल्न अष्ट्रेलिया जादै, ईपीएलका सबै खेल गुमाउने

२३ मंसिर, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने चर्चित लिग बिग ब्यास लिग (बीबीएल) मा भाग लिन आज अष्ट्रेलिया प्रस्थान गर्दै छन् ।

चर्चित अष्ट्रेलियन लिग विग ब्यास खेल्न सन्दीप आज राति ९ बजेर ५५ मिनेटमा सिल्क एयरबाट अष्ट्रेलिया प्रस्थान गर्न लागेका हुन् ।

सन्दीप बिग ब्यास खेल्न अष्ट्रेलिया जान लागेसँगै एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको बाँकी सबै खेल गुमाउने छन् । सन्दीपकै उत्कृष्ट बलिङमा ललितपुर प्याट्रिएटसले आज चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको थियो । सन्दीपले ३ विकेट लिएका थिए । त्यस्तै, सन्दीपले उद्घाटन खेलमा विराटनगर वारियर्सविरुद्ध शनिबार दुई विकेट लिएका थिए ।

बिग ब्यास लिगको टिम मेलर्बोन स्टार्समा आबद्ध सन्दीपले जनवरी पहिलो साता फेरी बंगलादेश पि्रमियर लिग खेल्न बंगलादेश आउने छन् ।

बंगलादेश पि्रमियर लिगमा सन्दीपले सिल्हेट सिक्सर्सबाट खेल्ने छन् । बंगलादेश पि्रमियर लिग क्रिकेट सकेपछि पुनः सन्दीप बिग ब्यास खेल्न जाने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment