Comments Add Comment

एनआईसी एशिया बैंकको नयाँ शाखा झापा बजारमा

२३ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकले झापा बजारमा आफ्ना नयाँ शाखा विस्तार गरेको छ । झापा गाउँपालिकाको वडा नम्बर २ स्थित झापा बजारस्थित झापा बजार शाखाको उक्त गाउँपालिकाका अध्यक्ष जय नारायण साहले उद्घाटन गरे ।

यससँगै एनआईसी एशिया बैंकको शाखा संख्या २७० पुगेको छ । एनआईसी एशिया मुलुकभर सबभन्दा धेरै शाखा सञ्जाल भएको बैंक बनेको छ । बैंकले २८५ एटिएम, ३७ वटा एक्स्ाटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार रू. २०९ अर्ब भन्दा बढी पुगेको छ भने कूल निक्षेप करिव रू. १७० अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगेर निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको दाबी गरेको छ ।

बैंकले आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउन हरेक जिल्लाका सम्भावित बजार क्षेत्रमा शाखा विस्तार गर्दै जाने योजना अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment