Comments Add Comment

नुन चटक्कै छाड्दा के हुन्छ ?

चिकित्सक भन्छन्, ‘नुन धेरै नखानुहोस्, हानी गर्छ ।’ खासगरी उच्च रक्तचापका रोगीले चिकित्सकबाट यस्तो सुझाव पाउने गर्छन् । हुन त नुनको अधिक प्रयोग शरीरका लागि हानिकारक हुन्छ नै । तर, नुन के हो ? कसरी यसले हानी गर्छ ? किन गर्छ ? कति मात्रा सेवन गर्नुपर्छ ? इत्यादि प्रश्नको जवाफ पाइदैन ।

आफ्नो खानामा नुनको मात्रा कम गर्नु भन्नुको अर्थ नुन नभएको वा थोरै नुन प्रयोग गरिएको खानेकुरा खानु भन्ने हो । तर, थोरै-थोरै नुन प्रयोग गरिएको खाना धेरै पटक सेवन गर्दा पनि त शरीरमा नुनको मात्रा बढ्ने भो ।

नुनको मात्रा कम गर्नु भन्नुको अर्थ दिनभरको खानपानमा कति मात्रामा नुन सेवन गरिन्छ भन्ने मोटामोटी अनुमानबाट यसको हिसाबकिताब निकाल्नुपर्छ ।

अर्को कुरा, नुन सेवन गर्दा हानिकारक हुन्छ भन्ने बुझाईसँगै कतिले नुनको सेवन चटक्कै छाड्छन् । के नुन सेवन पूर्णत निषेध गर्नुपर्छ ? वा त्यसको अरु कुनै विकल्प छ ? यावत् प्रश्नबारे पनि हामीले चर्चा गर्नुपर्छ ।

हुन त नुनबारे त्यती चासो र सरोकार नहुन सक्छ । यो कुनै विषाक्त तत्व होइन पनि । दैनिक खानामा नुन समावेश हुन्छ । तर, पछिल्लो समय जीवनशैली र खानपानको कारण जसरी मानिसहरु रोगी बन्दैछन्, त्यसले नुनलाई पनि संवेदनशिल विषयभित्र राखेको छ । अर्थात नुन कति खाने, किन खाने भन्ने कुरामा चासो राख्नु जरुरी भइसकेको छ ।

त्यसो त अहिले बजारमा एकथरीका मात्र नुन छैन । अनेकथरीका नुन उपलब्ध छन् । रंग, स्वाद, गुण सबैमा विविधता छ । यदि विज्ञापनमा भर गर्ने हो भने, यी सबै किसिमको नुन आफैमा अब्बल भन्ने दावी गरिएको पाइन्छ । यसले उपभोक्तालाई द्विविधामा पार्छ नै ।

यस्तो अवस्थामा एक प्रश्न उठ्छ कि, नुनले हाम्रो स्वास्थ्यलाई कसरी प्रभावित गर्छ ?

नुन के हो ?

घरमा हामी अक्सर प्रयोग गर्ने नुनलाई टेबल साल्ट वा सफा नुन भनिन्छ । यस नुनलाई सोडियम क्लोराइड भनिन्छ । सोडियम र क्लोरिन दुई तत्व मिलेर बनेको नुन हो यो ।

शरीरका लागि किन जरुरी छ ?

शरीरमा पानीको मात्रा नियन्त्रित राख्नका लागि हामीलाई सोडियमको जरुरत हुन्छ । नुन यसको प्रमूख स्रोत हो ।

दिमागदेखि शरीरका अन्य अंगसम्म सूचना आदन-प्रदान गर्नका लागि सोडियमको महत्वपूर्ण भूमिका हुन्छ । साथै मांसपेशीलाई सक्रिय बनाइराख्नका लागि सोडियम चाहिन्छ ।

तर, यसले सबै पदार्थलाई आफुतर्फ तान्ने गर्छ । त्यसैले सोडियमको अधिक प्रयोगले शरीरमा पानीको मात्रा बढ्छ, जो स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ ।

कुन नुन कस्ताे ?

अहिले बजारमा थरीथरीका नुन उपलब्ध छन् । यसमध्ये पनि कुन नुन बढी उपयोगी वा स्वास्थ्यका लागि फाइदाजनक होला ?

सेतो नुन

टेबल साल्ट विश्वभर प्रयोग गरिने नुन हो । खासगरी खाना बनाउनका लागि यसको प्रयोग गरिन्छ, जो तपाई हाम्रो भान्सामा पनि छ ।

यसलाई आयोडाइज्ड भनिन्छ, ताकि यसबाट हाम्रो शरीरमा पर्याप्त आयोडिन मिल्न सकोस् । सेतो नुनमा सोडियम ३९ दशमलव १ प्रतिशत, पोटाशियम सून्य दशमलव सून्य १ प्रतिशत र सोही बमोजिम आइरन पाइन्छ ।

समुन्द्री नुन

समुन्द्री नुनलाई समुन्द्रको पानी वाष्पित गरेर बनाइन्छ । समुन्द्री नुनमा केही मिनरल्स बढी हुन्छ, जसले गर्दा खानाको स्वाद थोरै अलग हुन्छ । तर यो सादा नुन जस्तो हो । समुन्द्री नुनमा सोडियम ३८ दशमलव ३ प्रतिशत, पोटाशियम सून्य दशमलव सून्य ८ प्रतिशत, म्याग्नेशियम सून्य दशमलव सून्य ५ प्रतिशत र आइरन सून्य दशमलव सून्य १ प्रतिटशत हुन्छ ।

हिमालयन नुन

पिंक हिमालयन सल्ट वास्तवमा निकै फरक किसिमको नुन हो । यो हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजक हुन्छ । यसलाई रक सल्ट, हिमालयन क्रिस्टल सल्ट नामले पनि चिनिन्छ । सेंधा नुन पनि यसकै एक प्रकार हो । यस नुनमा सोडियम ३६ दशमलव ८ प्रतिशत, पोटाशियम सून्य दशमलव २८ प्रतिशत, म्याग्नेशियम सून्य दशमलव १ प्रतिशत र आइरन एकदम नगण्य मात्रामा हुन्छ ।

कुन नुन उपयोगी ?

यदि तपाई सीमित मात्रामा प्रयोग गर्नुहुन्छ भने, सबै नुनमा पोषक तत्व प्राप्त हुन्छ । यदि तपाई पूर्णत स्वसथ्य हुनुहुन्छ भने, टेबल साल्ट अर्थात दिनहुँ तपाईले प्रयोग गरिरहेकै नुन उपयोगी हुन्छ ।

किनभने सोडियम, पोटाशियम र म्याग्नेशियम त अरु सबै नुनबाट पाइन्छ तर आयोडिन मिल्दैन । धेरैजसो प्याकेटबन्द टेबल साल्टलाई आयोडाइन्ज्ड गरिएको हुन्छ । आयोडिन हाम्रो स्वास्थ्यका लागि एकदम फाइदाजक हुन्छ । यसको अभावले कतिपय गंभिर रोग लाग्न सक्छ, जस्तो थाइराइड ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment