Comments Add Comment

लेभीको विष्फोटक ब्याटिङ, ३९ बलमा ८४ रन

२४ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाली ब्याट्सम्यान रिचार्ड लेभीले विष्फोटक ब्याटिङ गर्दै आफ्नो टिम पोखरा राइनोजलाई राम्रो स्थितिमा पुर्‍याएका छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराका लागि लेभीले उत्कृष्ट प्रदर्शन गर्दै ८४ रन बनाए । उनले ३९ बलमा विष्फोटक ब्याटिङ गर्दै ९ छक्का र तीन चौका प्रहार गरे ।

उनले कप्तान कायल कोएट्जरसँग मिलेर ९७ रनको साझेदारी गरे ।

यसअघि भैरहवा ग्लाडिएटर्सविरुद्धको खेलमा पनि उनले विष्फोटक ब्याटिङ गर्दै ७९ रन बनाएका थिए । विष्फोटक ब्याटिङ गर्ने क्रममा उनले ३६ बलमा सात छक्का र सात चौका प्रहार गरेका थिए ।

पहिलो विकेटका लागि लेभीले कायल कोएट्जरसँग मिलेर १०४ रनको साझेदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment