Comments Add Comment

गुल्मीको बडिगाड खोलामा र्‍याफ्टिङ परीक्षण

२४ मंसिर, गुल्मी । गुल्मीको बडिगाढ खोलामा र्‍याफ्टिङको गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिकामा अवस्थित बडिगाड (रूद्रवती) खोलामा र्‍र्‍याफ्टिङको परीक्षण सफल भएको छ ।

सत्यवती गाउँपालिकाले पर्यटन व्यवसायलाई अघि बढाउने उद्देश्यले चितवनको फिस्लिङबाट मगाएको मानध्वज गुरुङ नेतृत्वको ५ सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण गरेको हो ।

सत्यवती गाउपालिका ५ को, साहाघाटदेखि सत्यवती १ को रुद्रवेणीसम्म करिब ५ किलोमिटर दूरीमा र्‍याˆटिङ्ग गरी व्यावहारिक परीक्षण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत यादव भण्डारीले बताए । र्‍याफ्टिङको परीक्षण कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बोटमा चढेर गरेका थिए ।

सत्यवती गाउँपालिकालाई चिनाउने र आर्थिक उपार्जनको आधारको रुपमा र्‍याफ्टिङ व्यवसायलाई सञ्चालन गर्ने सोँच रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment