+
+
Shares

‘आप्पा’मा दया र सिद्धान्तको कथा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २४ गते १६:४९

चलचित्र ‘आप्पा’को फस्टलुक आज रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नायक दयाहाङ राइको मुख्य भूमिका रहेको चलचित्र फस्टलुक रिलिज गरिएको हो । यो चलचित्र वि.सं २०७६ सालको जेठ २४ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रको फस्टलुकमा नायक दयाहाङ राइको साथमा दुई नयाँ कलाकार सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चालाई देखाइएको छ । बाबु छोराको सम्बन्धको कथालाई देखाइएको यो चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । अ माउन्टेन स्टोरिज प्रोडक्शन र सिनेमा आर्टको संयुक्त ब्यानरमा यो चलचित्र बनेको हो ।

रुदेन सादा लेप्चाको लगानी रहेको चलचित्रमा तुलसी घिमिरे, अरुणा कार्की पनि मुख्य भूमिकामा छन् । चलचित्रमा अनमोल गुरुङको कथा, अनमोल र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी कार्कीको छायांकन, अनमोल र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?