Comments Add Comment

जीतबहादुरको परिवारलार्इ घुम्टे युवा परिवार जापानको ६ बढी लाख सहयोग

२४ मङ्सिर, बागलुङ । भारतको दिल्लीमा निधन भएका गलकोट नगरपालिका-७ मल्मका जीतबहादुर बस्नेतको परिवारलाई घुम्टे युवा परिवार जापानले आर्थिक सहयोग गरेको छ ।

आइतबार १३औँ दिनको पुण्यतिथि पारेर शाखा सदस्य तुलवीर थापा र वडाध्यक्ष टीकाबहादुर थापाले संयुक्त रुपमा ६ लाख ३३ हजार ५८६ रूपैयाँ बस्नेतकी श्रीमती रत्ना, छोरा रामसहित परिवारलाई हस्तान्तरण गरेका हुन् ।

दिल्लीबाट शव ल्याउन खर्चिलो भएपछि जापानमा रहेका शुभेच्छुकले सहयोग जुटाएका थिए । बचेको रकम आमाछोराको नाममा खाता खोलेर सहकारीमा राखिएकोे छ ।

जापानमा रहेका शुभेच्छुक र इष्टमित्रले दुःखमा साथ दिएको स्वर्गीय बस्नेतका भाइ अमरले बताए । हराएको दश वर्षपछि बस्नेतको मृत्यु भएको खबर परिवारजनले पाएका थिए ।

रोजगारीका लागि विसं २०६६ असारमा दिल्ली गएका ५० वर्षीय बस्नेत त्यसयता सम्पर्कविहीन थिए । दुर्घटनामा परी गम्भीर घाइते भएका बस्नेतको गत कात्तिक १६ गते दिल्लीको एक पुनर्स्थापना गृहमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment