Comments Add Comment

कमल थापाको भाषण– राप्रपा अब पहिलो पार्टी हुन्छ

२५ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आउँदो निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् ।

टुट–फुट र विभाजनबाट पार्टी थप कमजोर बनिरहेका बेला थापाले भने पार्टी थप सुदृढ बनेको दाबी गरे ।

‘राप्रपा कमजोर होइन, थप बलियो भएको छ’, पार्टीको ३ नं कमिटीद्वारा हेटौँडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘आउँदो निर्वाचनमा पहिलो पार्टी बन्छ ।’

उनले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका एजेन्डा बोकेर अब आन्दोलनमा उत्रिने बताए ।

फरक प्रसङ्गमा उनले कुनै एक धर्मलाई महत्व दिएर धार्मिक द्वन्द्व निम्त्याउने क्रियाकलाप गर्न नहुने भन्दै वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment