Comments Add Comment

माछापुच्छ्रे बैंक र यूकेएड सक्षमबीच सम्झौता

२५ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र यूकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमबीच सम्झौता भएको छ । जसअन्तर्गत नेपालभरका १४ वटा जिल्लाका सेवाबाट बञ्चित समूहलाई सरलीकृत लघुवित्त सेवा प्रदान गरिनेछ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समन शर्मा र सक्षमका टोली प्रमुख बलजित भोहराले हस्ताक्षर गरेका थिए । कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

‘सरलीकृत लघुवित्त सेवा’ परियोजनाले मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका बाँके, दाङ, कैलाली, कञ्चनपुर, रूपन्देही र सुर्खेत जिल्ला र मध्यमाञ्चल विकास क्षेत्रको धादिङ जिल्ला गरी सात जिल्लामा २० वटा शाखारहित बैंकिङ सेवा स्थापना गर्नेछ ।

कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समन शर्माले परियोजनाको तीन वर्षे अवधिमा माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो शाखारहित बैंकिङ सेवाको माध्यमबाट नौ हजारभन्दा बढी हितग्राहीलाई सेवा पुर्याउने लक्ष्य लिएको बताए ।

यसको अतिरिक्त हाम्रो वित्तीय साक्षरता अभियानको माध्यमबाट १३ हजार हितग्राहीसम्म पुग्ने लक्ष्य लिएको श्रेष्ठले बताए ।त्यसैगरी, सक्षमका टोली प्रमुख बलजित भोहराले दुर्गम ग्रामीण क्षेत्रमा औपचारिक वित्तीय संस्थाको अभावले गर्दा स्थानीय व्यक्ति स्थानीय ऋणदाता अत्यन्त उच्चदरमा ऋण लिन बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment