+

पीएसजी अन्तिम १६ मा, काभनी, नेयमार र एमबाप्पेको गोल

२०७५ मंसिर  २६ गते ६:०७ २०७५ मंसिर २६ गते ६:०७
पीएसजी अन्तिम १६ मा, काभनी, नेयमार र एमबाप्पेको गोल

२६ मंसिर, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा रेड स्टार बेलग्राडलाई ४–१ गोलअन्तरले पराजित गर्दै पीएसजी समूह सी को विजेता बन्दै प्रिक्वारटफाइनलमा प्रवेश गरेको हो । पीएसजीको जितमा इडिन्सन काभनी, नेयमार, केलियन एमबाप्पे र माक्र्युन्होसले गोल गरे । यता, रेड स्टारका लागि मार्को गोबेल्जिकले गोल गरेका थिए ।

खेलको ९ मिनेटमा नै काभनीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा नेयमारले गोल गरेपछि पीएसजी पहिलो हाफसम्म २–० गोलले अघि रहेको थियो । खेलको ५६औं मिनेटमा गोबेल्जिकले गोल गर्दै रेड स्टारलाई २–१ गोलको स्थितिमा पु¥याएका थिए । तर खेलको ७४औं मिनेटमा माक्र्युन्होस र खेलको अतिरिक्त समयमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ४–१ गोलको जित दिलाए ।

जितसँगै समूह सी को विजेता बन्दै पीएसजी प्रिक्वारटफाइनलमा प्रवेश गरेको हो । ६ खेलबाट ११ अंक बनाउँदै पीएसजी शीर्ष स्थानमा रहेको हो । त्यस्तै, लिभरपुलले नेपोलीलाई पराजित गर्दै समूह सी को दोस्रो स्थानमा रहंदै प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ ।

च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय