Comments Add Comment

युनिभर्सल फेडरेसनले नेपाललार्इ संसारमा बदनाम बनायोः मसाल

२६ मंसिर, काठमाडौं । नेकपा मसालले बदनाम धार्मिक संस्था युनिभर्सल पिस फेडरेसनको कार्यक्रममा सरकार सहभागी भएको भन्दै आलोचना गरेको छ ।

फेडरेसनले काठमाडौंमा गरेको कार्यक्रमको चौतर्फी विरोध भइरहेका बेला सरकारले गलत अभ्यास गरेको टिप्पणी मसालले गरेको हो । विवादास्पद कार्यक्रमको सरकारले बचाउ गरिरहे पनि अन्तर्राष्ट्रिय जगतमै नेपालको बदनाम भएको मसालको निष्कर्ष छ ।

‘नेपालजस्तो संविधानमा नै धर्म निरपेक्ष सिद्धान्त अपनाएको देशको सरकार त्यस प्रकारको विवादग्रस्त र बदनाम धार्मिक संस्थाको कार्यक्रममा सहभागी वा सहआयोजक समेत हुनु अत्यन्त आपत्तिजनक कार्य हो’,  नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसले देशभित्र र अन्तर्राष्ट्रिय जगतमा नै नेपाललाई धेरै बदनाम बनाएको छ ।’

इसाई धर्मको आवरणमा साम्राज्यवादको षडयन्त्रकारी भूमिका बढेर जाने खतरा बढेको भन्दै मसालले देशव्यापी कार्यक्रमको घोषणासमेत गरेको छ । पुसको पहिलो हप्तासम्म देशव्यापी हुने कार्यक्रममा सहभागी हुन मसालले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment