+
+

संवैधानिक परिषद् बैठकमा देउवा नजाने, प्रधानन्यायाधीश सिफारिस थप अन्योलमा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २६ गते १०:०३

२६ मंसिर,काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको संवैधानिक परिषद् बैठकमा प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा नजाने भएका छन् ।

मंगलवार दुईपटक स्थगित भएको बैठक पुस ५ गते बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै टुंगो लगाउने गरी बिहान बोलाएका थिए । तर, राति ९ बजेमात्र त्यसबारे जानकारी आएकाले देउवा बैठकमा जान नभ्याउने उनका स्वकीय सचिव भानु देउवाले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘हिजो बिहान हाम्रो सभापति भ्याउनु भएन । बेलुका उहाँहरुले नै रद्द गरेर पुस ५ गते बस्ने भन्नुभयो । फेरि राति फोन आयो विहान ९ बजे भनेर । महासमिति बैठकको तयारीका लागि पार्टीको बैठकमा जानुपर्ने भएकाले उहाँले भ्याउनु हुन्न ।’

मंगलबारै प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी भए पनि विपक्षी दलका नेता शेरवहादुर देउवाले समय दिन नसकेपछि स्थगित भएको थियो । स्रोतका अनुसार, प्रधानमन्त्री ओली र नेता देउवाबीच अनौपचारिक सहमति बाँकी रहेकाले पनि पटकपटक बैठक स्थगित हुने गरेको छ ।

आज औपचारिक बैठकअघि ओली र देउवाबीच अनौपचारिक छलफल हुने बताइएको थियो । यसअघि दुई नेताबीच अलग्गै छलफल नभएकाले मंसिर १७ गते छलफल नभई बैठक टुंगिएको थियो । तर, देउवा आज पनि बैठकमा नजाने भएपछि अन्योलसँगै आशंका पनि थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?