Comments Add Comment

‘गोपी’मा बर्षा र सुरक्षासँग गाइपालन गर्दै विपिन

नायक विपिन कार्कीलाई फिचरिङ गर्दै चलचित्र ‘गोपी’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक चार वटा फस्टलुकमा विपिनलाई सबै पोष्टरमा स्थान दिइएको छ । साथमा चलचित्रका मुख्य २ कलाकार बर्षा राउत, सुरक्षा पन्तलाई पनि फस्टलुकमा देखाइएको छ ।

आरोही केसीको लगानीमा तयार भएको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । पोष्टरमा विपिनलाई गाइपालन गरेका एक कृषकको भूमिकामा देखाइएको छ । माघ १८ गतेबाट यो चलचित्र रिलिज हुनेछ । टौवा क्रियशनले यो पोष्टरको डिजाइन गरेको हो ।

आरोही इन्टरटेनेमन्टको ब्यानरमा निर्माणमा बनेको चलचित्र सामिप्यराज तिमिल्सिनाको लेखन, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्रचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत छ । चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, रमेश अधिकारी, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमालीको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment