Comments Add Comment

‘चौका दाउ’ ट्रेलरः बर्षाको पछि सन्तोषदेखि विल्सनसम्म

४ पाका उमेरका मानिसको रमाइलो कथामा बनेको चलचित्र ‘चौका दाउ’को ट्रेलर आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा नायिका बर्षा राउतको पछि ४ पुरुष दौडिएको देखाइएको छ । चलचित्रमा बर्षाको साथमा रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाह, सन्तोष पन्तको मुख्य भूमिका छ ।

यो चलचित्रमा अभिमन्यू निरबीको पटकथा, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । पुर्नेन्दु झाको निर्देशनमा तयार भएको यो चलचित्रमा सौर्यजित बाँस्कोटा र मनोजराज भण्डारीको निर्माण छ ।

यो चलचित्र पौषको २७ गतेबाट रिलिज हुन जानकारी यसको निर्माणपक्षले दिएको छ । पूर्ण रुपमा कमेडी कथामा निर्माण भएको चलचित्रले दर्शकलाई मनोरञ्जन दिने चलचित्रका संगीतकार तथा प्रस्तुतकर्ता शम्भुजित बास्कोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment