Comments Add Comment

नबिल बैंकद्वारा ‘यूनियन पे ईन्टरनेशनल’ प्रणाली शुरू

२६ मंसिर, काठमाडौं । नबिल बैंकले नेपालमा नै प्रथम पटक आफ्नो मर्चेन्ट नेटवर्क मार्फत ‘युनियन पे इन्टरनेसनल क्यूआर कोड एक्वारिङ सर्भिस’ को शुरूवात गरेको छ ।

उक्त प्रणाली मार्फत क्यूआर कोडको प्रयोग गरी नबिल बैंकसँग आवद्ध व्यापारीहरूले यूनियनपेका अन्तर्राष्ट्रिय कार्डहरू स्वीकार गरी सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाहरूको भुक्तानी लिन सक्ने बैंकले जनाएको छ ।

क्यूआर कोड म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड) को एक प्रकार हो । बारकोड मेशिनद्वारा सजिलै पढ्न सकिने अप्टिकल लेबल भएकाे र त्यसमा संलग्न भएको वस्तुको बारेमा जानकारी समावेश गरिएको बैंक बताउँछ ।

क्यूआर कोडमा सेतो पृष्ठभूमीमा कालो स्क्जवायर ग्रिडहरु हुन्छन्ज, सलाई छविको रूपमा इमेजिङ यन्त्र जस्तै क्यामेराद्वारा पढेर प्रशोधन गरि कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment