Comments Add Comment

च्याम्पियन्स लिगः बायर्न समूह विजेता बन्दा अजाक्स उपविजेता

२७ मंसिर, काठमडौं । च्याम्पियन्स लिग फुटबलको समूह ‘ई’ बाट बायर्न म्युनिख समूह विजेता बन्दा अजाक्स उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा बायर्नले अजाक्ससँग ३–३ गोलको बराबरी खेल्दै समूह विजेता बनेको हो । निकै तनाबग्रस्त खेलमा दुई क्लबका खेलाडीले फरक फरक समयमा रातो कार्ड खादै मैदान छाडेका थिए ।

खेलको ६७औं मिनेटमा म्याक्सिमिलियन ओबेरले रातो कार्ड खादै मैदान छाडेपछि अजाक्स १० जना खेलाडीमा सीमित भएका थिए । तर खेलको ७५औं मिनेटमा थोमस मुलरले पनि रातो कार्ड खाएपछि बायर्न पनि १० खेलाडीमा झरेको थियो ।

६ खेलबाट १४ अंक बनाएको बायर्न समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । त्यस्तै, अजाक्सले ६ खेलबाट १२ अंक बनाउँदै प्रिक्वाटरफाइनलमा उपविजेता बनेर पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment