Comments Add Comment

ब्रेस्ट सेल, जसले स्तनपानलाई सजिलो बनाउँछ

आमाले बच्चाहरुलाई दुख चुसाइरहेको दृष्य देख्दा सामान्य लाग्छ । तर, नियमित स्तनपान गराउनु एउटा कठिन काम हो । यसमा आमाहरुले विभिन्न किसिमका कठिनाई भोग्नुपर्ने हुन्छ ।

तर, अब समाधानका लागि आएको छ, ‘ब्रेस्ट सेल’ । यो स्तनपान गराउने आमाहरुको सुविधाका लागि निर्मित एक वस्त्र हो । नेपालमा पनि यो उत्पादन चाँडै उपलब्ध हुने आशा राखिएको छ ।

केही समयदेखि चिकित्सकहरुले स्तनपान गराउँदा कुनै किसिमको समस्या भएमा ब्रेस्ट सेलको प्रयोग गर्न आमाहरुलाई सल्लाह दिँदै आएका छन् । दुधको मुन्टो उल्टो भएका महिला वा दुध चुसाउँदा दुखाई हुनेहरुका लागि यसले निकै सहयोग गर्ने उनीहरुको भनाई छ ।

ब्रेस्ट सेल सिलिकन र प्लास्टिक मिलेर बनेको हुन्छ ।  यसले स्तनलाई स्तनलाई चारैतिरबाट एक कवचको रुपमा ढाक्छ । यसको बीचमा प्वाल हुन्छ । यही प्वालबाट निप्पल बाहिर निस्किन्छ । यसले निप्पलमा हल्का दबाब पारिराख्छ । यसलाई लगाउँदा कत्ति पनि कठिनाई हुँदैन ।

ब्रेस्ट सेलको सतहभित्र एक अर्को पत्र हुन्छ जसमा निप्पलबाट लिक हुने दुध जम्मा हुन्छ । यसले निप्पल दुख्नबाट बचाउछ । साथै शिशुलाई पनि दुध चुस्दा सहज हुन्छ । ब्रेस्ट सेलले महिलाको निप्पललाई नर्सिङ ब्रा र स्तनपान गराउने कपडाबाट रगडिनबाट पनि बचाउँछ ।

दूध एकत्रित हुन्छ

ब्रेस्ट सेल लगाउनाले स्तन दबिने समस्याबाट राहत मिल्छ । यसले निप्पलमा हल्का तर लगातार दबाब बनाइराख्छ र स्तनबाट विस्तारै-विस्तारै सेल बाहिर दूध निस्कन्छ । ब्रेस्ट सेलले स्तनको दूध एकत्रित गर्छ । यसले तपाईंलाई अचानक दूध चुहिने समस्याबाट बचाउँछ र कपडामा धब्बा लाग्नबाट पनि बचाउँछ ।

ब्रेस्ट सेलको डिजाइन विशेष किसिमले गरिएको हुन्छ, जसमा आरामसित हावा आवतजावत गर्न सक्छ । यसले तपाईंको स्तन सुन्निन पनि दिँदैन ।

तर, ब्रेस्ट सेलमा चुहिएर जम्मा भएको दूधमा ब्याक्टेरिया जम्मा भएको हुन सक्छ ।  त्यसैले शिशुलाई ब्रेस्ट सेलमा एकत्रित भएको दूध नपिलाउनुहोस् ।

हेरचाह र सफाई

दूधको कारण हुने चिसोले तपाईंको स्तनमा समस्या पार्न सक्छ । स्तनमा घाउ हुने, एलर्जी हुने, निप्पल दुख्ने र सुन्निनेजस्ता समस्यासँग लड्नको लागि तपाईंको ब्रेस्टसेल सफा र सुख्खा हुनुपर्छ ।

ब्रेस्ट सेल सफा गर्न सजिलो छ । सेललाई दैनिक मनतातो साबुनको पानीले सफा गर्नुहोस् र फेरि त्यसलाई राम्रोसँग सुक्नको लागि छोडिदिनुहोस् । यसपछि फेरि तपाइर्ं प्रयोग गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment