+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

६ लाख २० हजार थपिए नयाँ मतदाता

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते ९:३४
मतदाता परिचय पत्र । फाइल फोटो

२ मंसिर, काठमाडौं । ६ लाख २० हजार थपिए नयाँ मतदाता थपिएका छन् । यो तथ्याङ्क सोमबार राति साढे ९ बजेसम्मको हो ।

निर्वाचन आयोगका अनुसार निर्वाचन आयोगको नियमित सर्भरबाट ३ लाख ११ हजार ४१४ जना नयाँ मतदाता थपिएका छन् । राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ थपिएका मतदाताको संख्या ३ लाख ८ हजार ५८५ जना रहेका छन् ।

निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो ।

आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको छ ।

सुरुमा कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाताका लागि नाम दर्ताको समय दिइएको थियो । पछि थपेर यही मंसिर ५ गतेसम्म नाम दर्ताको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?