Comments Add Comment

तीनवटा हतियार बुझाएर भूमिगत समूह सार्वजनिक

२७ मंसिर, विराटनगर । जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) बाट छुटेको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा ‘विवेक समूह’ ले हतियार बुझाएको छ ।

सरकारले गठन गरेको बार्ता समितिस“गको छलफल पछि बिहीवार विराटनगरमा हतियार बुझाएको हो । आफूस“ग भएको तीनवटा हतियार बुझाएको समूहले शान्तिपूर्ण राजनीतिक गतिविधिमा सहभागी हुने बताएको छ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहबाट छुट्टिएर बेग्लै गतिविधि गर्दै आएको विवेक समूहले सरकारले गठन गरेको ‘राजनीतिक बार्ता टोली’ स“गको छलफल पछि एक थान अटोमेटिक पेस्तोल र दुईवटा कटुवा पेस्तोल बुझाएको हो ।

बार्ता टोलीसमक्ष हतियार बुझाएपछि शान्तिपूर्ण प्रक्रियामा सहभागी भएको समुहमा संयोजक विनोदकुमार भन्ने बिवेक यादवले जानकारी दिए । समुहका संयोजक यादव, केन्द्रीय नेताहरु रामु भनिने रामनन्दनकुमार कामैत, चन्द्रशेखर भनिने विनयकुमार यादव र जेपी भनिने जयप्रकाश लिचपुरियाले शान्तिपूर्ण गतिविधिमा सहभागी हुने बताए ।

भूमिगत समूहबाट हतियार बुझ्दै बार्ता टोलीका संयोक सोमप्रसाद पाण्डेले तराईका भूमिगत समूहलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरे । उनले नेपालमा रहेका २४ वटा भूमिगत समूहमध्ये १८ वटा समूह विभिन्न जेलमा रहेको बताउदै बाँकी रहेका छ वटा समूहस“ग बार्ता गरिएको बताए ।

विवेक समूहको दावी : भन्टाबारीमा मारिएका व्यक्ति हाम्रो कार्यकर्ता

सोमबार राति सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी बस्ती नजिकै मारिएको व्यक्ति आफ्नो कार्यकर्ता भएको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा (विवेक समूह) ले दाबी गरेको छ ।

बिहीबार सरकारलाई हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरेको समूहले सोमबार मारिएका व्यक्ति आफ्ना नेता भएको दाबी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा सरकारद्धारा गठित राजनीतिक वार्ता टोलीसमक्ष हतियार बुझाएर सार्वजनिक हुने क्रममा उनीहरुले मूठभेडमा मारिएका भनिएका व्यक्ति आफ्ना कार्यकर्ता भएको बताएका हुन् ।

प्रहरीले मृतकको अझै सनाखत हुन नसकेको बताएको छ । तर विवेक समूहका नेताले भने मृतक सप्तरीको गोबरगाढा ९ भएका नसरुल मियाँ रहेको बताएका छन् ।

समूहका केन्द्रीय सदस्य विनयकुमार यादवले आफ्ना कार्यकर्तालाई सप्तरीमै हत्या गरी सुनसरीमा ल्याएर दोहोरो भीडन्तमा मारिएको भन्दै प्रचार गरेको बताए ।

सरकारसंग वार्ता गरेर शान्ति प्रक्रियामा आउने तयारी गर्दै गर्दा आफ्ना कार्यकर्ता मारिएको उनले बताए । प्रहरीले भने भीडन्तमा भारतीय डाँका समूहका सदस्यको मृत्यु भएको दावी गर्दै आएको छ ।

सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले मृतकको पहिचान हुन नसकेको बताएका छन् । केही व्यक्ति सनाखत गर्नका लागि आएको बताउदै उनले अझै पहिचान नखुलेको बताएका हुन् । उनले घटनास्थलमा दोहोरो भिडन्तमा मारिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment