Comments Add Comment

ललितपुर महानगरपालिका कला नगरी घोषणा

२८ म‌सिर, ललितपुर । विश्व कला परिषदले यसवर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको छ । नेपाल हस्तकला महासंघले शुक्रबार ललितपुरमा सातौं हस्तकला दिवसको अवसर पारेर विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको औंपचारिक जानकारी गराएको हो ।

कला र कलाकारहरुले सम्पन्न सहर भएकाले विश्व कला परिषदले एक महिना अघि ललितपुर महानगरपालिकालाई कला नगरी घोषणा गरेको थियो । सोही विषयको औपचारिक जानकारी शुक्रबार गराइएको हो । कला र कलाकारहरु रहेकाले विश्व कला परिषदले ललितपुरलाई पनि कला नगरीको रुपमा घोषणा गरेको महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले प्राचीन कला र संस्कृतिले भरिपूर्ण भएकाले ललितपुर नगरीको महत्व विश्वमा बढदै गएको स्मरण गराए । उनले ललितपुरलाई अझै परिचित गराउन यहाँको ऐतिहासिक घटनाहरुको अभिलेख राख्न पनि नेपाल हस्तकला महासंघलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment