Comments Add Comment

कर्मचारीको आन्दोलनले संसद सेवा दिवसको कार्यक्रम स्थगित

२८ मंसिर, काठमाडौं । अतिरित्त भत्ता कटौती भएको विरोधमा संघीय संसद सचिवालयका कर्मचारीहरु आन्दोलित भएपछि बाह्रौं संसद सेवा दिवसको कार्यक्रमसमेत स्थगित भएको छ ।

कार्यक्रम तालिका अनुसार शुक्रबार१२ बजे सभामुख कृष्णबहादुर महराको उपस्थितिमा दिवस मनाउने तयारी थियो । बाह्रौं संसद सेवा दिवस मूल समारोह समितिले तय गरेअनुसार सरसफाइ, हाजिरी जवाफ, ब्याडमिन्टन, चम्चा दौड, घैँटो फुटाउने प्रतियोगिता जस्ता हप्ताब्यापी कार्यक्रमहरु भइसकेका छन् ।

गत बुधबार संघीय संसद सचिवालय कर्मचारी युनियनको भेलाले विगतमा पाउँदै आएको अतिरिक्त ८० प्रतिशत भत्ता पाउने ब्यवस्था पुनः सुचारु नभए दिवसमा सहभागी नहुने निर्णय गर्यो । युनियनको सोही निर्णका कारण शुक्रबारलाई तय भएको संसद सेवा दिवसको कार्यक्रम स्थगित भयो ।

दिवस अन्तर्गतका कार्यक्रम स्थगित गरिएको सुचना निकालेको मुल समारोह समितिले अब कहिले उक्त मनाउने भन्ने केही उल्लेख गरेको छैन ।

दिवस स्थगित हुनुलाई सफलता भन्न नसकिने तर, यसले ब्यवस्थापन पक्षलाई दवाव पुग्ने कर्मचारी युनियनको भनाइ रहेको छ । ‘हाम्रो भत्ता रोकिने भए सांसदहरुको पनि भत्ता रोकिनुपर्‍यो, उनीहरुको चाहिँ तलबसँगै भत्ता हुनुपर्ने, हाम्रो हुनुनपर्ने ?’ युनियनका एक सदस्यले भने, ‘दिवस नै स्थगित हुँदा ब्यवस्थापन पक्षलाई केही दवाव पुग्यो होला भन्ने हाम्रो बुझाइ छ ।’

संघीय संसद सचिवालय कार्यसञ्चालन ब्यवस्थापन समितिका जिम्मेवार सदस्यहरु बुधबार र बिहीबार कर्मचचारीहरुको यही भत्ता मागको विषयमा छलफलमा जुटेका थिए । तर, उनीहरुले उक्त छलफललाई औपचारिक बैठक भनेका छैनन् । अनौपचारिक छलफलले पनि कर्मचारीको मागका विषयमा ठोस प्रस्ताव तयार पार्न सकेका छ्रैनन् ।

संसद सचिवालयका कर्मचारीलाई गत आर्थिक वर्षसम्म ८० प्रतिशत अतिरिक्त भत्ता दिने ब्यवस्थ थियो । तर, सरकारले गत साउनदेखि यो व्यवस्था हटाएपछि कर्मचारीहरु असहयोग आन्दोलनमा उत्रिएका छन् । भत्ता नदिए पुस १ गतेदेखि १०–४ ड्युटी गर्ने युनियनले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment