Comments Add Comment

कम्पनीमा जान यातायात व्यवसायी महासंघले राख्यो दुई शर्त

२८ मंसिर, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसमक्ष सशर्त कम्पनीमा जाने निर्णय गरेको छ ।

कम्पनीमा जान सरकारले दिएको म्याद सकिन एक दिन बाँकी छँदा महासंघले शुक्रबार आकस्मिक बैठक राखेर कम्पनीमा जान दुई शर्त अघि सारेको हो ।

कम्पनीमा सयभन्दा बढी सेयर सदस्य राख्न पाउनुपर्ने र समितिका सम्पत्ति तथा दायित्व कम्पनीमा सर्नुपर्ने महासंघको शर्त छ ।

महासंघका उपमहासचिव बेकनाथ गौतमले कम्पनीमा जाने गरी केन्द्रीय समितिले निर्णय लिएको बताए । ‘त्यसका लागि कम्पनीमा सय होइन, असीमित सेयर सदस्य राख्न पाउने व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘कम्पनी ऐन २०६३ यातायात कम्पनीका लागि अनुकुल छैन । त्यसलाई संशोधन गर्नुपर्ने हाम्रो मुख्य माग हो ।’

पुस १ गतेदेखि सबै यातायात समितिको म्याद सकिँदैछ । तर, समितिहरुले कानुन अनुकल नभएको र समितिको सम्पत्तिका विषय अन्योलमा रहेको भन्द्यै कम्पनीमा जान मानेका छैननन् ।

हालसम्म ९ हजार गाडी कम्पनीमा गएका छन्, त्यसमध्ये ६ हजार सवारीमात्रै यातायात व्यवस्था विभागमा पञ्जीकृत भएका छन् ।

महासंघ अन्तरगत साढे २ लाख सार्वजनिक सवारी छन् ।

सरकारले आफूहरुको शर्त माने तत्कालै आयमुकलक उद्योगका रुपमा कम्पनीमा दर्ता हुन तयार रहेको निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई बुझाइएको उनले बताए ।

‘हामीले एक–एक रुपैयाँ गरेर जोडेको समितिको सम्पत्ति राष्ट्रियकरण हुन हुँदैन । हामीले विदेशको आईएजीओबाट पैसा ल्याएर जोडेको हैनौं,’ महासंघका उपमहासचिव गौतमले भने, ‘सम्पत्ति, दायित्व र चल अचल सम्पत्ति कम्पनीमा जाादा स्वत कम्पनीकै हुने व्यवस्था गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment