Comments Add Comment

जाडोमा सताउन सक्छ यी ५ रोगले, थाहा पाइराख्नुहोस् बच्ने उपाय

मौसम चिसिदै छ । आजबाट पुस पनि लाग्यो । खासगरी अबका दुई महिना जाडो उत्कर्षमा पुग्नेछ ।

चिसो मौसमका बारेमा मानिसहरुका आ-आफ्नै धारणा हुन्छन् । कसैले मन पराउँछन् भने कसैलाई मन पर्दैन । जाडोमा आफूलाई न्यानो र तातो बनाएर परिवारसँग समय बिताउन त रमाइलो नै हुन्छ तर यो मौसमले विभिन्न रोगहरु पनि लिएर आँउछ ।

जाडोमा रुघाखोकी जस्ता सामान्य रोगहरु मात्रै लाग्ने त हो नी भन्ने सोच्नुहुन्छ भने तपाईं बिल्कुल गलत हुनुहुन्छ । यो मौसमले विभिन्न प्राणघातक रोगहरु पनि लिएर आएको हुन्छ । आउनुहोस्, जाडोमा धेरैलाई सताउने रोगहरु र त्यसबाट कसरी जोगिने भनेर जानिराखौं ः

१. हृदयघात

हामीमध्ये धेरैलाई यो कुरा थाहा नहुन सक्छ कि जाडो मौसममा हृदयघातको खतरा बढि हुन्छ । जब तापक्रम घट्दै जान्छ रगत बग्ने धमनीहरु संकुचित हुँदै जान्छन् । यसले मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ ।

विशेषज्ञका अनुसार ३० वर्षभन्दा धेरै उमेरका मानिसहरुले चिसो मौसममा आफूलाई आवश्यकता भन्दा धेरै थकाउनु हुँदैन । चिसो बिहानमा घुम्नुको सट्टा घाम लागेको स्थानमा बसेर आफूलाई सेक्नुहोस । आवश्यकताभन्दा धेरै भोजन नगर्नुहोस् ।

२. दमको आक्रमण

यदि तपाईं दमको रोगी हुनुहुन्छ भने तपाईंलाई जाडो मौसममा दम धेरै बढेको महसुस भएको हुन सक्छ । यस्तोमा चिसो र सुख्खा हावाले वायुमार्गलाई कस्न थाल्छ र श्वासप्रश्वासलाई अझै खराब बनाउँछ ।

त्यसैले जाडोमा आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्नुपर्छ । आफ्नो घरलाई धुम्रपान मुक्त राख्नुहोस् । किनभने यसले दमको रोगीलाई निकै गाह्रो बनाउँछ । साथै हप्तामा कम्तीमा एकपटक आफ्नो ओछ्यान धुनुहोस् ।

३. छाला चिलाउने

चिसो समयमा मानिसहरुले सामना गर्ने सबैभन्दा आम समस्यामध्ये एक छाला चिलाउनु पनि हो । चिसोमा कम आद्रताको कारण छाला चिलाउन थाल्छ ।

यसबाट बच्नको लागि तपाईंले छालामा बदाम, नरिवल वा जैतुनको तेलले मालिस गर्न सक्नुहुन्छ । त्यस्तै चिल्लो स्टि्रट फूड खानबाट बँच्नुहोस् । छाला चिलाउने समस्याबाट मुक्त हुने सख्खरको चिया पनि पिउन सक्नुहुन्छ ।

४. जोर्नी दुख्ने

शीतकालिन मौसममा जोर्नीको दुखाईबाट धेरै मानिसहरु पिडित हुन्छन्  । यसबाट राहत पाउनको लागि सबैभन्दा पहिले आफ्नो शरीर र खुट्टालाई न्यानो राख्नुपर्छ ।

त्यसैले एक जोर न्यानो कपडा लगाउनुको सट्टा दुई-तीन जोर पातलो कपडा तीन जोर लगाउनुहोस् । चिसोको समयमा जोर्नीको दुखाई र मांसपेसीको दुखाईबाट बँच्नको लागि व्यायाम गर्नुपर्छ । घाम ताप्नेले पनि यो समस्याबाट राहत पाइन्छ ।

५. साइनसाइटिस

टाउको दुख्ने, रुघाखोकी आदि चिसोमा हुने आम समस्या  हुन् । साइनसाइटिसको समस्या त्यतिखेर हुन्छ जब घर बन्द हुन्छ र कुनै उचित भेन्टिलेसन हुँदैन ।

यो मौसममा साइनसाइटिसबाट टाढा रहनको लागि तपाइर्ंले पर्याप्त मात्रामा आराम गर्नुपर्छ । त्यस्तै स्वस्थ भोजन गर्नुहोस्, चिसोबाट बच्नुहोस् र धेरै तरल पदार्थ खानुहोस् । यसैगरी धुलोबाट पनि टाढै रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment