Comments Add Comment

नेकपा स्थायी समिति बैठक बस्दै, अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल हुने

२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज पनि बस्दैछ ।

पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा  अध्यक्षद्वय केपी ओली र प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् ।

शनिबारदेखि सुरु बैठकमा अध्यक्षद्वयले संयुक्तरुपले प्रतिवेदन पेस गरेपछि अध्ययनका लागि समय दिइएको थियो ।  प्रतिवेदनको अध्ययन सकाएका नेताहरुले आज त्यसबारे आफ्नो धारणा राख्दैछन् ।

त्यस्तै,  नेता वामदेव गौतमले पेश गरेको अलग प्रतिवेदनबारे पनि आजको बैठकमा छलफल हुनेछ । गौतमले पार्टी सुदृढ बनाउन विभिन्न प्रस्तावहरु पेस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment