Comments Add Comment

नेपाली क्रिकेटर सञ्जम र हसिम कतारतर्फ

२ पुस, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सञ्जम रेग्मी र हसिम अन्सारी कतारको राष्ट्रिय दिवस (नेसनल डे) को उपलक्ष्यमा क्रिकेट खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाल क्रिकेट संघ क्यानको निर्वाचित समितिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्जम र हसिमलाई कतारके निमन्त्रणामा पठाएको उल्लेख गरेको छ ।

कतार क्रिकेट संघले आफ्नो राष्ट्रिय दिवस (नेशनल डे) को उपलक्ष्यमा यही पुस तीन गते मंगलबार (१८ डिसेम्बर) कतारको राष्ट्रिय टिम र अन्य विभिन्न देशका खेलाडी सम्मिलित टोलीबीच मैत्रीपूर्ण क्रिकेट खेल आयोजना गर्दै छ ।

कतार क्रिकेट संघले मैत्रीपूर्ण क्रिकेट खेलका लागि उमेर समूह र सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका मध्ये दुई खेलाडीलाई पठाउँन आग्रह गरेकोले आफ्नो देशबाट खेलाडी पठाएको क्यानले जानकारी दिएको हो ।

सञ्जम र हसिम सोमबार बिहान कतार प्रस्थान गरेका हुन् । दुबै खेलाडीले खेल खेलेबापत करिब ९० हजार रुपैयाँ पाउने छन् । खेलाडीलाई क्यान निर्वाचित समितीका उपाध्यक्ष दीवाकर घलेले बिदाई गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment