Comments Add Comment

चौथो दिन भारतको पाँच विकेट पतन, अष्ट्रेलिया जित नजिक

२ पुस, काठमाडौं । दोस्रो टेष्ट क्रिकेट खेलमा २८७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले चौथो दिनको समाप्तिसम्म पाँच विकेट गुमाएको छ ।

मध्यम लक्ष्य पछ्याउँदै आफ्नो दोस्रो इनिङ्स थालेको भारतले चौथो दिन नै मुख्य ब्याट्सम्यान गुमाइसकेको छ । लोकेश राहुललाई शुन्य रनमै गुमाएको भारतले १३ रन हुँदा दोस्रो विकेटको रुपमा चेतेश्वर पुजरालाई चार रनमा गुमाएको थियो ।

भारतका लागि अजिंक्या राहानेले ३० रन बनाएर आउट हुँदा मुरली विजय २० रनमा आउट भए भने कप्तान विराट कोहली पनि १७ रनमै क्याच आउट हुन पुगे ।

भारतका लागि अहिले क्रिजमा हनुमा विहारी २४ र रिषव पन्त नौं रनमा अविजित छन् ।

यसअघि अष्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्स सबै विकेटको क्षतीमा २४३ रन बनाएपछि भारतले २८७ रनको लक्ष्य पाएको थियो । उस्मन खवाजा ७२ रन बनाउँदै अष्ट्रेलियालाई राहत दिएका थिए । बलिङतर्फ भारतका मोहम्मद सामीले ६ विकेट लिए ।

पर्थ स्टेडियममा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा सबै विकेटको क्षतिम ३२६ रन बनाएको थियो ।

यता, भारतले भने आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा २८३ रन मात्रै बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले १२३ रन बनाउँदै उकासेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment