Comments Add Comment

नेपाल इञ्जिनियर्स एशोसिएशनमा प्रगतिशील समूह विजयी

२ पुस, काठमाडौँ । नेपाल इञ्जिनियर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि ३२ औं कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहका उम्मेदवार अधिकांश स्थानमा विजयी भएका छन् ।

सोमबार सम्पन्न मतगणनामा अध्यक्षमा चार हजार ८९९ मत ल्याई प्रगतिशील समूहका प्रा. डा त्रिरत्न बज्राचार्य विजयी भए । उनले लोकतान्त्रिक समूहका हिरण्यमान प्रधानलाई पराजित गर्दै विजयी भए । प्रधानले चार हजार ४८६ मत ल्याए ।

यस्तै उपाध्यक्षमा आशिष घिमिरेले चार हजार ६३४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी डा चण्डिकाप्रसाद भट्टले चार ६११ मत प्राप्त गरे ।
महासचिवमा छविराज पोखरेल चार हजार ८४५ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी अभिमन्युलाल सिंहले चार हजार ४१७ मत प्राप्त गरे ।

उपमहासचिवमा प्रगतिशील समूहकै कपिल आचार्यले चार हजार ७६८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी अशोककुमार साहले चार हजार ४१० मत पाए ।

कोषाध्यक्षमा रामएकवाल यादवले चार हजार २२७ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्द्वी अपिल केसीले तीन हजार २५७ मत प्राप्त गरे ।
सहकोषाध्यक्षमा प्रगतिशीलकै चाँदमाला श्रेष्ठले चार हजार ६५४ मत प्राप्त गरी विजयी हुँदा लोकतान्त्रिक समूहका जानुका थापाले चार हजार ५२४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य मदन तिमिल्सिनाले जानकारी दिए ।

सदस्यमा प्रगतिशील समूहका छवि अधिकारी, प्रताप सापकोटा, दिलीपकुमार विश्वकर्मा, गजेन्द्रकुमार झा गरी चार सदस्य विजयी भए ।

लोकतान्त्रिक समूहका सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, एभरेष्ट केसी, ज्योतिमणि भट्टराई, उमेशप्रसाद चौधरी र सुदर्शन भण्डारी सदस्यमा विजयी भए ।

एशोसिएशनको ३२औँ कार्यकारिणी समितिको निर्वाचन गत शुक्रबार काठमाडौँलगायत सात वटै प्रदेशमा भएको थियो । निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक समूहबीचमा प्रतिस्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment